Kathmandu Press

यु–१९ राष्ट्रिय क्रिकेट : लुम्बिनी प्रदेश विजयी

काठमाडौं, मंसिर ७ : राजधानीमा आजदेखि सुरु भएको यु–१९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा लुम्बिनी प्रदेशले गण्डकी प्रदेशलाई पराजित गर्दै सुखद सुरुआत गरेको छ। माथिल्लो मूलपानी क्रिकेट...
यु–१९ राष्ट्रिय क्रिकेट : लुम्बिनी प्रदेश विजयी

काठमाडौं, मंसिर ७ : राजधानीमा आजदेखि सुरु भएको यु–१९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा लुम्बिनी प्रदेशले गण्डकी प्रदेशलाई पराजित गर्दै सुखद सुरुआत गरेको छ। 

माथिल्लो मूलपानी क्रिकेट मैदानमा भएको खेलमा लुम्बिनीले गण्डकी प्रदेशलाई नौ विकेटले पराजित गर्दै प्रतियोगितामा सुखद सुरुआत गरेको हो। टस जितेर पहिला ब्याटिङ गरेको गण्डकी १४.२ ओभरमा जम्मा २३ रनमा समेटियो। गण्डकीका सात खेलाडीले खाता खोल्न सकेनन्। गण्डकीका अर्जुन कुमालले १७ बलमा १ चौकासहित सर्वाधिक ६ रन बनाए। 

त्यस्तै विष्णु पाण्डे ५ तथा सचिनराज अधिकारीले २ रन बनाए। बलिङतर्फ तीव्रगतिका बलर मोहम्मद हसैनले ७ ओभरमा १ मेडनसहित १४ रन खर्चेर ७ विकेट लिए। त्यस्तै दुर्गेश गुप्ता र वासिर अहमदले एक एक विकेट हात पारे। २४ रनको विजयी लक्ष्य पछ्याएको लुम्बिनीले ५ दशमलव ५ ओभरमा १ विकेट गुमाउँदै पूरा गर्यो।

लुम्बिनीका कप्तान देव खनालले २० बलमा ४ चौकासहित सर्वाधिक १७ रन बनाए। विराट भण्डारी ८ रनमा अविजित रहे। लुम्बिनीले दोस्रो खेलमा भोलि कर्णालीसँग कीर्तिपुरस्थित त्रिवि मैदानमा खेल्नेछ।  बुधबारनै हुने अर्को खेल मूलपानीमा गण्डकी प्रदेशले वाग्मती प्रदेशसँग खेल्नेछ।

प्रकाशित मिति: १५:१३ बजे, मंगलबार, मंसिर ७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्