Kathmandu Press

एमाले स्थायी कमिटी बैठक जारी, ५ प्रतिशत प्रतिनिधि मनोनयनबारे छलफल हुँदै

काठमाडौं, मंसिर ७ : दसौं राष्ट्रिय महाधिवेशनको तयारी र ५ प्रतिशत प्रतिनिधि मनोनयनबारे छलफल गर्न एमाले स्थायी कमिटीको बैठक अहिले बसिरहेको छ। ललितपुरको च्यासलस्थित...
एमाले स्थायी कमिटी बैठक जारी, ५ प्रतिशत प्रतिनिधि मनोनयनबारे छलफल हुँदै
Hardik ivf

काठमाडौं, मंसिर ७ : दसौं राष्ट्रिय महाधिवेशनको तयारी र ५ प्रतिशत प्रतिनिधि मनोनयनबारे छलफल गर्न एमाले स्थायी कमिटीको बैठक अहिले बसिरहेको छ। 

ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानको भवनमा जारी बैठकमा महाधिवेशन व्यवस्थापन, उद्घाटन र बन्दसत्र कार्यक्रम, प्रतिनिधि छनोट, निर्वाचन अयोगको कामलगायतका विषयमा छलफल भइरहेको एमालेका प्रचार विभाग प्रमुख योगेश भट्टराईले बताए।

एमालेको महाधिवेशन यही मंसिर १० देखि १२ गतेसम्म चितवनमा हुँदैछ।

प्रकाशित मिति: १४:२२ बजे, मंगलबार, मंसिर ७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्