Kathmandu Press

शान्ति सेना सिरिया प्रस्थान

काठमाडौं, मंसिर ७ : सिरियामा तैनाथ राष्ट्रसङ्घीय हतियाररहित पर्यवेक्षक बल (युएनडिओएफ) मा सहभागी हुन १९२ नेपाली शान्ति सेनाको टोली सिरिया प्रस्थान गरेको छ। यान्त्रिक पैदल...
शान्ति सेना सिरिया प्रस्थान
फाइत तस्बिर

काठमाडौं, मंसिर ७ : सिरियामा तैनाथ राष्ट्रसङ्घीय हतियाररहित पर्यवेक्षक बल (युएनडिओएफ) मा सहभागी हुन १९२ नेपाली शान्ति सेनाको टोली सिरिया प्रस्थान गरेको छ। 

यान्त्रिक पैदल सेना, समीप सुरक्षा एकाइ, इञ्जिनियर र स्वास्थ्यकर्मीसमेत समाविष्ट उक्त टोली राष्ट्रसङ्घको विशेष उडानबाट आज बिहान कार्यक्षेत्रतर्फ प्रस्थान गरेको हो। 

Hardik ivf

राष्ट्रसङ्घीय सुरक्षा परिषद्ले सन् १९७४ मा इजरायल र सिरियाबीचको युद्धविराम भंग हुन नदिन, इजरायली, सिरियाली सेना हातहतियाररहित भएको सुनिश्चित गर्न तथा दुई देशबीच छुट्याइएका सीमा क्षेत्र र सीमितताको पर्यवेक्षण गर्न युएनडिओएफ स्थापना भएको हो।

युएनडिओएफको स्थापनाकालदेखि नै नेपाली सेनाले उक्त ‘मिसन’मा शान्ति सेनामा योगदान पुर्‍याउँदै आएको छ। 

प्रकाशित मिति: १३:१५ बजे, मंगलबार, मंसिर ७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्