Kathmandu Press

पाटनमा मनाइयो नरसिंह जात्रा (फोटो फिचर)

काठमाडौं, भदौ ३ : काठमाडौं उपत्यकाको पुरानो जात्रामध्येको एक नरसिंह जात्रा पाटनमा मनाइएको छ। 

ललितपुरका मल्ल राजा सिद्धिनरसिंहको पालादे....

पाटनमा मनाइयो नरसिंह जात्रा (फोटो फिचर)
रिवाज राई

काठमाडौं, भदौ ३ : काठमाडौं उपत्यकाको पुरानो जात्रामध्येको एक नरसिंह जात्रा पाटनमा मनाइएको छ। 

ललितपुरका मल्ल राजा सिद्धिनरसिंहको पालादेखि सुरु भएको मानिएको यो जात्रा हरेक वर्ष भाद्र कृष्ण पञ्चमीका दिन मनाउने परम्परा छ।  मंगलबजारको तुइलाक्वः टोलबाट नरसिंहसहित देव देवीको यात्रा सुरु भएको छ। जात्र सुरु हुनुअघि पाटन दरबार क्षेत्रमा रहेको भीमसेन मन्दिर अगाडि सबैको कल्याणको कामना गर्दै नरसिहंको विशेष पूजा गर्ने चलन छ।

जात्रामा भगवान नरसिंहसंगै लक्ष्मी र सरस्वतीलाई देवीको रुपमा राखिन्छ।  विष्णु भक्त प्रह्लादले जात्रा अवधिभर नै भगवान नरसिंहको सेवा गरिरहेको देख्न पाइन्छ। जात्रामा अप्सराहरूले नरसिंह भगवान हिड्ने बाटो कुचोले बढार्ने, गोरसले बाटो पखाल्ने, लावाले मार्गलाई सम्मान गर्ने, चवरपंखले हम्कने र दण्डद्वारा बाटोको सुरक्षा गरेका दृश्य जात्राका मुख्य आकर्षण हुन्। यो जात्रा पाटनका राजोपाध्याय ब्राम्हण समुदायबाट सञ्चालन गर्ने चलन छ। 

यो जात्रा करिब ३८७ वर्ष पुरानो भएको लिखित इतिहास रहेको भनाइ छ। नरसिंह जात्राको क्रममा बाजा गाजा, प्रत्यक्ष भजनसहित नरसिंहको देवगणको टोलीले पाटनको गाबहाल, पिम्बहाल, बंगलामुखी, कोबहाल, मंगलबजार, सुन्धारा लगायत विभिन्न ठाउँमा यात्रा गराउने चलन छ। 

प्रकाशित मिति: १९:३३ बजे, मंगलबार, भदौ ३, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्