Kathmandu Press

काठमाडौं महानगरका चार नाकामा खोप लगाइँदै

काठमाडौं, मंसिर ७ : काठमाडौं महानगरपालिकाले चार नाका कोरोनाविरुद्धको  खोप लगाउन सुरु गरेको छ।महानगरको स्वास्थ्य सेवा विभागले जिल्ला स्वास्थ्य कार्यालयसँग सहकार्य गरेर कलङ्की,...
काठमाडौं महानगरका चार नाकामा खोप लगाइँदै

काठमाडौं, मंसिर ७ : काठमाडौं महानगरपालिकाले चार नाका कोरोनाविरुद्धको  खोप लगाउन सुरु गरेको छ।

महानगरको स्वास्थ्य सेवा विभागले जिल्ला स्वास्थ्य कार्यालयसँग सहकार्य गरेर कलङ्की, बल्खु, कोटेश्वर र नयाँ बसपार्क गोङ्गबुमा एक महिनासम्म कोरोनाविरुद्धको खोप लगाइने जनाएको छ। मंसिर ५ गतेबाट सुरु भएको कार्यक्रम आगामी पुस ५ गतेसम्म चल्ने महानगरले जनाएको छ।

Hardik ivf

काठमाडौं महानगर प्रवेश गर्ने १८ वर्ष उमेर पूरा भएका सबै नागरिकलाई उमेर खुलेको प्रमाण आधारमा खोप दिइने भएको छ। खोप

महानगरको स्वास्थ्य विभागका प्रमुख हरिबहादुर कुँवरले निर्धारण गरिएको चारवटै खोप केन्द्रबाट केन्द्रबाट भेरोसेल, कोभिसिल्ड÷एस्ट्राजेनिका खोप उपलब्ध हुने जानकारी दिए। यससँगै महानगरका ३२ वटै वडामा यसअघि तोकिएको खोप केन्द्रबाट मंसिर ७ र ८ गते कोभिडविरुद्धको पहिलो र दोस्रो मात्राको खोप कार्यक्रम सञ्चालन हुनेछ।

यसमा १८ वर्ष उमेर समूहमाथिका र यसअघि खोप लगाउन छुटेका सबै नागरिक, पहिलो मात्रा लगाएर आठ हप्ताको समय कटिसकेकाहरुलाई दोस्रो मात्रा दिइने स्वास्थ्य विभागले जनाएको छ। (रासस)

प्रकाशित मिति: ०८:०८ बजे, मंगलबार, मंसिर ७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्