लोकसेवाको विज्ञापन समावेशी छ, रद्द गर्न आवश्यक छैन: मन्त्री पण्डित
काठमाडौं, भदौ ३ : संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले लोकसेवा आयोगको विज्ञापन तत्कालीन अवस्थामा समावेशी भएको दाबी गरेका छन्।....

काठमाडौं, भदौ ३ : संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले लोकसेवा आयोगको विज्ञापन तत्कालीन अवस्थामा समावेशी भएको दाबी गरेका छन्।
प्रतिनिधिसभाको मंगलबारको बैठकमा प्रश्नोत्तरको कार्यक्रम अन्र्तगत सांसदहरुको मौखिक प्रश्नको उत्तर दिँदै उनले आयोगको विज्ञापन समावेशी भएको दाबी गरेका हुन्। उनले लोक सेवा आयोगको विज्ञापन आवश्यकता, माग र तत्कालीन कानून अनुकूल रहेकाले रद्द गर्नु नपर्ने स्पष्ट पारे।
‘अहिले गरिएका लोकसेवा आयोगको विज्ञापन तत्कालीन स्थितिमा समावेशी छ। लोकसेवा आयोगको विज्ञापन आवश्यकता, माग र तत्कालीन कानूनी व्यवस्था अनुकूल भएकाले रद्द गरिहनु पर्ने आवश्यकता छैन,’ मन्त्री पण्डितले भने।
उनले नीतिगत कामका लागि ट्रेड युनियन आवश्यक भएपनि कुन रुपमा रहने भन्ने छलफलका क्रममा नै रहेको स्पष्ट पारे। उनले समायोजनमा गएका राष्ट्रसेवक कर्मचारीको मनोबल वृद्धि गरी खस्कन नदिने प्रतिवद्धता पनि जाहेर गरे।
मन्त्री पण्डितले संघमा समायोजन भएका कर्मचारीलाई श्रेणीगत रुपमा तलब भत्ता उपलब्ध गराइएको र प्रदेश तथा स्थानीय तहमा समायोजन भएका कर्मचारीलाई तहगत रुपमा तलब भत्ता निर्धारण गरिएको स्पष्ट पारे।











-1784808429.png)