Kathmandu Press

सुनिल बल चम्किँदा मछिन्द्र विजयी

काठमाडौं, मंसिर ६ : राष्ट्रिय टिमका स्ट्राइकर सुनिल बलले उत्कृष्ट प्रदर्शन गरेपछि डिफेन्डिङ च्याम्पियन मछिन्द्र क्लब विजयी भएको छ। सुनिल बलले २ गोल...
सुनिल बल चम्किँदा मछिन्द्र विजयी

काठमाडौं, मंसिर ६ : राष्ट्रिय टिमका स्ट्राइकर सुनिल बलले उत्कृष्ट प्रदर्शन गरेपछि डिफेन्डिङ च्याम्पियन मछिन्द्र क्लब विजयी भएको छ। सुनिल बलले २ गोल गरेपछि सोमबार भएको खेलमा मछिन्द्रले न्युरोड टिम एनआरटीमाथि २–१ को जित निकाल्यो । 

१२औं मिनेटमा सुनिल बलले गोल गर्दै मछिन्द्रलाई अग्रता दिलाएका थिए । पहिलो हाफ १–० मै सकियो । तर, ५४ औं मिनेटमा एनआरटी खेलमा फर्कियो । उसका मिडफिल्डर एरिक विष्टले फ्रिकिकमा उत्कृष्ट गोल गरेपछि एनआरटीले खेललाई बराबरीमा ल्याएको थियो।

६२ औं मिनेटमा मछिन्द्रका सुनिलले गोल गरे, तर, सो गोललाई रेफ्रिले अफसाइड दिएका थिए । खेलको ८० औं मिनेटमा सुनिलले नै मछिन्द्रलाई पुनः अग्रता दिलाए । उनले कप्तान सुजल श्रेष्ठको पासमा गोल गरेका थिए । त्यसपछि गोल नहुँदा मछिन्द्रले लिगमा विजयी सुरुआत गरेको छ।

प्रकाशित मिति: २०:२६ बजे, सोमबार, मंसिर ६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्