संघ र प्रदेशसभाका उपसभामुखबीच सुरू भयो भिडियो वार्ता
काठमाडौं, भदौ ३ : संघीय संसद र प्रदेशसभाका उपसभामुखबीच विद्युतीय रुपमा सम्वादको थालनी भएको छ।
मंगलबार संसद् सचिवालयमा प्रतिनिधिसभाकी उप....

काठमाडौं, भदौ ३ : संघीय संसद र प्रदेशसभाका उपसभामुखबीच विद्युतीय रुपमा सम्वादको थालनी भएको छ।
मंगलबार संसद् सचिवालयमा प्रतिनिधिसभाकी उपसभामुख डा. शिव माया तुम्बाहाम्फे र राष्ट्रिय सभाका उपाध्यक्ष शशिकला दाहालले ७ प्रदेशका उपसभामुखसँग भिडियो वार्ता गरी अनुभव साटासाट गरेका हुन्।
नेपालको संबिधानमा संघीय संसद, प्रदेश संसद प्रशासनिक र संचालनको हिसावले स्वतन्त्र र स्वायत्त छन्। संसदीय अभ्यासमा प्रतिनिधि र राष्ट्रिय सभाको अभ्यास तथा अनुभव भएपनि प्रदेश संसद सञ्चालनको अनुभव छैन। औपचारिक रुपमा अन्तर सम्बन्ध नभए पनि उपसभामुख र उपाध्यक्षले प्रदेश संसदका उपसभामुखसँग निरन्तर सम्बाद गर्दै आएका छन्।
प्रतिनिधिसभाका उपसभामुख डा शिवमाया तुम्बाहाम्फेले भौगोलिक रुपमा दूरी र समय अभावका कारण निरन्तर सम्बाद हुन नसकेको अवस्थामा भिडियो वार्ताले सहमज बनाउने विश्वास व्यक्त गरिन्।
संघीय संसद् सचिवालयले केन्द्र र प्रदेश तहका संसदबीच सहकार्य र समन्वय गर्ने उद्देश्यले २०७५ साल भदौ ३ गते पहिलोपटक काठमाडौंमा उपाध्यक्षहरुको भेला गरेको थियो। त्यसपछि ३ नम्बर प्रदेश सभाले चितवनमा २०७५ साल मंसिर २९ गते अन्तरप्रदेश सभा अनुभव आदान प्रदान कार्यक्रम आयोजना गरेको थियो।











-1784808429.png)