Kathmandu Press

ए डिभिजन लिग : आर्मी र पुलिसले बाँडे अंक

काठमाडाैं, मंसिर ६ : जारी सहिद स्मारक ए डिभिजन लिगको पहिलो विभागीय डर्बी बराबरीमा सकिएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको पहिल विभागीय डर्बीमा...
ए डिभिजन लिग : आर्मी र पुलिसले बाँडे अंक

काठमाडाैं, मंसिर ६ : जारी सहिद स्मारक ए डिभिजन लिगको पहिलो विभागीय डर्बी बराबरीमा सकिएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको पहिल विभागीय डर्बीमा त्रिभुवन आर्मी र क्लबर नेपाल पुलिस क्लबले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका हुन्।

आर्मीविरुद्ध आक्रमण खेल खेलेको पुलिसले सुरुआतमै अग्रता लिए पनि त्यसलाई जोगाउन नसक्दा अंक बाँड्न बाध्य भयो।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा ५१औं मिनेटमा पुलिसले अग्रता लियो । सन्तोषले तेज तामाङको फ्रिकिकमा हेडमार्फत् गोल गरेका थिए । ६२औं मिनेटमा आर्मीले बराबरी गोल फर्कायो । उसका विवेक बस्नेतले पेनाल्टी बक्सबाहिरबाट गोल गरेका थिए ।

आजै हुने दोस्रो खेलमा डिफेन्डिङ च्याम्पियन मछिन्द्र क्लबले न्यूरोड टिम (एनआरटी)को सामाना गर्नेछ।

प्रकाशित मिति: १६:५६ बजे, सोमबार, मंसिर ६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्