Kathmandu Press

प्रधानन्यायाधीश हटाउन एमालेलाई बारको ध्यानाकर्षण पत्र

काठमाडौं, मंसिर ६ : नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई महाअभियोग लगाउन र न्यायालय सुदृढीकरणमा भूमिका खेल्न माग गर्दै एमालेलाई ज्ञापनपत्र बुझाएको छ। आज...
प्रधानन्यायाधीश हटाउन एमालेलाई बारको ध्यानाकर्षण पत्र

काठमाडौं, मंसिर ६ : नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई महाअभियोग लगाउन र न्यायालय सुदृढीकरणमा भूमिका खेल्न माग गर्दै एमालेलाई ज्ञापनपत्र बुझाएको छ। 

आज एमाले नेता सुवास नेम्वाङलाई ज्ञापनपत्र बुझाउँदै बारले ज्ञापनपत्रमा प्रधानन्यायाधीशको बहिर्गमन र न्यायालयको सुदृढीकरणका लागि सबै पार्टीले तत्परता देखाउनुपर्ने र एमाले पनि अग्रसर हुनुपर्ने माग गरेको हो।

Hardik ivf

प्रधानन्यायाधीश जबराको राजीनामा माग्दै बारको अगुवाइमा कानुन व्यवसायीहरू आन्दोलनमा उत्रिएको विषयमा संसदको पनि ध्यानाकर्षण हुनुपर्ने भन्दै बारले संसदमा भएका राजनीतिक दलहरुलाई ज्ञापनपत्र बुझाएको हो। 

शुक्रबार मात्र घोषणा गरेको साताव्यापी आन्दोलनका कार्यक्रमबमोजिम आज संसद्मा प्रतिनिधित्व गर्ने पार्टीहरूसहित सभामुख अग्नि सापकोटालाई बारले ज्ञापनपत्र बुझाएको हो।

प्रकाशित मिति: १५:१९ बजे, सोमबार, मंसिर ६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्