Kathmandu Press

माओवादीले जुम्लाका ५२ वडामा गर्‍याे नेतृत्व चयन

जुम्ला, मंसिर ६ : माओवादी केन्द्रले जुम्लाका ५२ वडामा सर्वसम्मत नेतृत्व चयन गरेको छ। माओवादीले यही मङ्सिर ४ गते एकैसाथ सुरु गरेको वडा...
माओवादीले जुम्लाका ५२ वडामा गर्‍याे नेतृत्व चयन

जुम्ला, मंसिर ६ : माओवादी केन्द्रले जुम्लाका ५२ वडामा सर्वसम्मत नेतृत्व चयन गरेको छ। माओवादीले यही मङ्सिर ४ गते एकैसाथ सुरु गरेको वडा सम्मेलनमा जिल्लाका ६० वडामध्ये ५२ वडाको नेतृत्व चयन गरिएको माओवादी केन्द्र जुम्लाले जानकारी दिएको छ।

माओवादी केन्द्रका प्रदेश सदस्य तथा तातोपानी गाउँपालिकाका इञ्चार्ज गोमा कुँवरका अनुसार हालसम्म ५२ वडाको नेतृत्व चयन भइसकेको र बाँकी एक वडाको एक/दुई दिनमा सकिने भएको छ।

Hardik ivf

माओवादी नेता पूर्णप्रसाद धितालका अनुसार प्रदेश (ख) कनकासुन्दरीका आठ, सिंजाका छ, हिमाका सात र तिलाका नौ वडाका सम्मेलनबाट नेतृत्व चयन भई सम्पन्न भइसकेको छ। 

यता गुठीचौर गाउँपालिकाका इञ्चार्ज भवानीप्रसाद अधिकारीका अनसार गुठीचौरका पाँच वडामध्ये ४ र ५ गते दुई वडाको सम्मेलनसहित नेतृत्व चयन भइसकेका र बाँकी तीन वडाका अधिवेशन भइरहेका छन्।

चन्दननाथ नगरपालिकाका अध्यक्ष ललितजंग महतका अनुसार वडा ५ बाहेक नौ वडाको सम्पन्न अधिवेशन भइसकेको र अरुको हुने तयारी भएको जानकारी दिए। 
    
यता पातारासी गाउँपालिकाका–४ वटा वडा सम्मेलनबाट नेतृत्व भइसकेको र बाँकी तयारी भइरहेको माओवादी केन्द्र जुम्लाले जानकारी दिएको छ । सबै वडामा सहमतिका आधारमा नेतृत्व चयन गरिएको छ।

माओवादीको वडा समिति २९ सदस्यीय हुने व्यवस्थाअनुसार वडास्तरको नेतृत्व चयन भएको हो । यसैगरी हरेक टोल कमिटी १९ सदस्यीय र सेल कमिटी १५ जनाको गठन गरिएको छ। 

प्रकाशित मिति: १५:०३ बजे, सोमबार, मंसिर ६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्