Kathmandu Press

डोटीका क्षेत्रीय सभापतिमा जोशी र साउद विजयी

डोटी, मंसिर ६ नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत आज सम्पन्न डोटीको प्रदेशसभाको मतपरिणाम सार्वजनिक भएको छ। प्रदेशसभा (क) को सभापति पदमा धर्मराज जोशी र...
डोटीका क्षेत्रीय सभापतिमा जोशी र साउद विजयी

डोटी, मंसिर ६ नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत आज सम्पन्न डोटीको प्रदेशसभाको मतपरिणाम सार्वजनिक भएको छ। प्रदेशसभा (क) को सभापति पदमा धर्मराज जोशी र (ख) मा भैरवबहादुर साउद विजयी भएका छन्। 

प्रदेश ‘क’ मा जोशी भरतबहादुर कठायतसँग १८० मतको अन्तरले विजयी भएका हुन्। जोशीले ३५४ मत प्राप्त गरेका थिए भने कठायतले १७४ प्राप्त गरेका थिए। कुल ५५४ मत खसेकोमध्ये २६ मत बदर भएका निर्वाचन समितिले जनाएको छ।

Hardik ivf

यसैगरी प्रदेशसभा (ख) सभापति पदका लागि तीनजनाबीच भएको प्रतिस्पर्धामा साउद ७७ मतको अन्तरले विजयी भए। उनका निकटतम प्रतिस्पर्धी टीका फुलाराले १३८ मत प्राप्त गरे। अर्का प्रतिस्पर्धी बुद्धिसागर विनाडीले ११८ मत प्राप्त गरे। 

्प्रदेशसभा (क) मा उपसभापति पदका लागि तीन जनाबीच भएको मतदानमा ३१८ मत ल्याएर अङ्क खड्का र ३२८ मत ल्याएर रमेश रोकाया विजयी भएका छन्। अर्का प्रतिस्पर्धी उमेश ओझाले २०२ मत प्राप्त गरेका छन्। उता प्रदेशसभा (ख) मा भने उपभापतिमा शेरबहादुर बम र किरण मल्ल निर्विरोध निर्वाचित भइसकेका छन्।

प्रदेशसभा (क) को सचिवमा नरेशकुमार खड्का र लक्षीराम कुँवर विजयी हुनुभएको छ भने प्रदेशसभा (ख) को सचिवमा दीपक बोगटी र हर्कबहादुर विष्ट विजयी भएका छन्।

यस्तै प्रदेशसभा (क) को सहसचिवमा डबल बोगटी र प्रकाश साउद विजयी भएका छन् भने प्रदेशसभा (ख) को सहसचिवमा सोभानसिंह रावल र डम्बर जोशी निर्वाचित भएको कांग्रेस निर्वाचन समितिले जनाएको छ। 

प्रकाशित मिति: १४:२८ बजे, सोमबार, मंसिर ६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्