क्याप्टेन रामेश्वर थापाको सिम्रिक एयरलाइन्सलाई उडानमा प्रतिबन्ध
काठमाडौं, भदौ ३ : नेपाल नागरिक उड्डयन प्राधिकरणले सिम्रिक एयरलाइन्सका जहाज उडानमा प्रतिबन्ध लगाएको छ।
क्यापटेन रामेश्वर थापाको लग....
काठमाडौं, भदौ ३ : नेपाल नागरिक उड्डयन प्राधिकरणले सिम्रिक एयरलाइन्सका जहाज उडानमा प्रतिबन्ध लगाएको छ।
क्यापटेन रामेश्वर थापाको लगानी रहेको एयरलाइन्सले प्राधिकरणले तोकेको भन्दा न्यून गुणस्तरका पाटपूर्जा प्रयोग गरेको भन्दै सबै जहाज ग्राउन्डेड गरिदिएको छ।
प्राधिकरण स्रोतका अनुसार स्वीकृत नगरेका पाटपूर्जा जहाजमा प्रयोग गरेको भन्दै सबै जहाज ग्राउन्डेड गर्ने निर्णय गरिएको हो।
बिचक्राफ्ट १९०० जहाजमा प्रयोग हुने पाटपूर्जा मनोमानी प्रयोग गरेको पाइएपछि प्रतिबन्ध लगाइएको प्राधिकरण स्रोतको भनाइ छ। ‘सिम्रिकले हवाइ सुरक्षामा गम्भिर लापरबाही गरेको पाइएपछि रोक लगाइएको हो,’ स्रोतले काठमाडौंप्रेससँग भन्यो।
तर, सिम्रिक एयरलाइन्सका प्रमुख बजार प्रवन्धक प्रज्वल थापाले केही पार्ट्समा डकुमेन्ट नमिलेर प्राधिकरणले रोक लगाएको हुनसक्ने भन्दै भोलि नै सबै कुरा मिल्ने बताए। ‘हामी सबै प्रक्रिया मिलाउँदै छौं, भोलि एक बजेसम्म सकिन्छ होला,’ थापाले भने।
एयरलाइन्सका पाँच वटा जहाज ग्राउन्डेड भएपछि काठमाडौंबाट भरतपुर, पोखरा र भैरहवा उडान गरिरहेका एयरलाइन्सका सबै उडान स्थगित भएका छन्।






