बालगृहलाई व्यवस्थित बनाउन छलफल
भक्तपुर, मंसिर ६ : आवासीय बालगृह सञ्चालन र व्यवस्थापनको मापदण्डबारे छलफल थालिएको छ। देशभरका बालगृह व्यवस्थापनमा कमी कमजोरी देखिएकाले राष्ट्रिय बालअधिकार परिषद्ले आइतबार भरतपुरमा...
भक्तपुर, मंसिर ६ : आवासीय बालगृह सञ्चालन र व्यवस्थापनको मापदण्डबारे छलफल थालिएको छ। देशभरका बालगृह व्यवस्थापनमा कमी कमजोरी देखिएकाले राष्ट्रिय बालअधिकार परिषद्ले आइतबार भरतपुरमा अन्तरक्रि कार्यक्रम गरेको हो।
आवासीय बालगृह सञ्चालन तथा व्यवस्थापनसम्बन्धी मापदण्ड २०६९ र विद्यमान कानुनी व्यवस्था विषयक अन्तरक्रियामा बालगृह सञ्चालक तथा पदाधिकारीको सहभागिता थियो।
कार्यक्रम सुभारम्भ गर्दै महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले बालबालिकाको रेखदेखमा सक्रिय रहेको बालगृह व्यवस्थित रुपमा सञ्चालन हुनुपर्ने बताइन्।
उनले धेरै बालगृह व्यवस्थित रहेपनि अझै व्यवस्थित गर्न आवश्यक रहेको बताए। अन्तरक्रियामा सुनिता शाहले उक्त विषयमा प्रस्तुत गर्नुभएको कार्यपत्रमा सरोकार निकायका प्रतिनिधिले मापदण्ड बनाउन र बालगृह सञ्चालनका विविध विषयमा सुझाव दिएका थिए।
कार्यक्रम परिषद्का कार्यकारी निर्देशक मिलनराज धरेलको अध्यक्षतामा भएको थियो।












