Kathmandu Press

इलामबाट पहिलोपटक सवारी चालक अनुमतिपत्र

इलाम, मंसिर ६ : २०७१ मंसिरबाट इलाममा यातायात व्यवस्था सेवा कार्यालयको स्थापना भए पनि पहिलोपटक सवारी चालक अनुमतिपत्र वितरणका लागि काम सुरु भएको छ। फारम...
इलामबाट पहिलोपटक सवारी चालक अनुमतिपत्र

इलाम, मंसिर ६ : २०७१ मंसिरबाट इलाममा यातायात व्यवस्था सेवा कार्यालयको स्थापना भए पनि पहिलोपटक सवारी चालक अनुमतिपत्र वितरणका लागि काम सुरु भएको छ। 

फारम भरिसकेका सेवाग्राहीलाई परीक्षा सञ्चालन गरिएसँगै सवारी चालक अनुमतिपत्र वितरणको काम अघि बढेको हो। भौतिक पूर्वाधार मन्त्रालयबाट सवारी लाइसेन्सको परीक्षा सञ्चालन गर्ने अनुमति प्राप्त भएपछि सातामा तीनपटक परीक्षा सञ्चालन गरिने कार्यालय प्रमुख छविलाल खतिवडाले जानकारी दिए। 

Hardik ivf

गत कात्तिक २७ गतेदेखि अनलाइन आवेदन खुला गरेपछि दिनहुँ करिब सयको हाराहारीमा प्रवेशपत्र वितरण गरिएको छ। हाललाई मोटरसाइकल, स्कुटर, मोपेड, कार, जीप, डेलिभरी भ्यान, टेम्पो, अटोरिक्सा, एस्काभेटर, ट्याक्टर र लोडरको लाइसेन्स वितरण हुनेगरी कोटा प्राप्त भएको पनि उनले बताए। 

२०७१ मंसिरबाट सञ्चालनमा आएको कार्यालयले सवारी चालक अनुमतिपत्र वितरण थालेपछि सेवाग्राही उत्साहित भएका छन्। यसअघि सवारी लाइसेन्स लिन महिनौं कुनुपर्ने पूर्वी पहाडी जिल्लाका सेवाग्राहीलाई सहज हुने भएको छ। इलामसहित पाँचथर, ताप्लेजुङ र तेह्रथुमका सेवाग्राहीले सहजै सेवा लिन पाउने भएका छन्। 

यसअघि उनीहरु झापाको विर्तामोड र सुनसरीको इटहरीस्थित यातायात कार्यालयसम्म धाउनुपर्ने बाध्यतामा थिए। कार्यालयले आफ्नै ट्रायल सेन्टर नभएका कारण एक निजी कम्पनीसँग सम्झौता गरेर परीक्षा सञ्चालन गर्ने तयारी गरेको छ।

प्रकाशित मिति: १२:४५ बजे, सोमबार, मंसिर ६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्