Kathmandu Press

तास खेलिरहेको अवस्थामा झापाबाट ६ जना पक्राउ

काठमाडौं, मंसिर ६ : तास खेलिरहेको अवस्थामा झापाबाट आइतबार ६ जना पक्राउ परेका छन्।झापाको दमक नगरपालिका–२ स्थित  मोहनकुमार तामाङको घर कोठाभित्र तास खेलि...
तास खेलिरहेको अवस्थामा झापाबाट ६ जना पक्राउ

काठमाडौं, मंसिर ६ : तास खेलिरहेको अवस्थामा झापाबाट आइतबार ६ जना पक्राउ परेका छन्।

झापाको दमक नगरपालिका–२ स्थित  मोहनकुमार तामाङको घर कोठाभित्र तास खेलि रहेको भन्ने सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय दमकबाट खटिएको टोलीले उनीहरूलाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा झापा–२ का घरधनीसमेत रहेका ४० वर्षीय मोहनकुमार तामाङ, सोही स्थानका ३८ वर्षीय पूर्णप्रसाद शिवाकोटी, ३० वर्षीय विनोद श्रेष्ठ र ३७ वर्षीय दिलबहादुर श्रेष्ठ, सोही नगरपालिका–३ का ३४ वर्षीय सुरेन्द्र नेम्वाङ र झापाकै कमल गाउँपालिका–६ का ४१ वर्षीय दुर्गाबहादुर राई रहेको प्हरीले जनाएको छ।

त्यसक्रममा तास खेलन खालमा राखिएको १ लाख २० हजार ५ सय र तास ३ बुक बरामद गरिएको र त्यसबारे आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: १२:१५ बजे, सोमबार, मंसिर ६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्