Kathmandu Press

बसले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु

सिन्धुपाल्चोक, मंसिर ६ : सिन्धुपाल्चोकको मेलम्चीबाट काभ्रेतर्फ जाँदै गरेको हेलम्बु यातायातको जन्तीबसले मोटरसाइकललाई ठक्कर दिँदा नुवाकोट घर भएका २२ वर्षका वासु बस्नेतको मृत्यु...
बसले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु
Hardik ivf

सिन्धुपाल्चोक, मंसिर ६ : सिन्धुपाल्चोकको मेलम्चीबाट काभ्रेतर्फ जाँदै गरेको हेलम्बु यातायातको जन्तीबसले मोटरसाइकललाई ठक्कर दिँदा नुवाकोट घर भएका २२ वर्षका वासु बस्नेतको मृत्यु भएको छ।

सोमबार बिहान ८ बजे सिन्धुपाल्चोकको बाहुनेपाटीमा बा४छ ७७६६ नम्बरको बसले ०२०२० बा प्र २११४ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक टीकाराम राईले जानकारी दिए।
 
बसको ठक्करबाट बस्नेतको मृत्यु भएपछि स्थानीयले बसमा तोडफोड गरेका छन्। घटनास्थलमा प्रहरीले अनुसन्धान सुरु गरेको छ भने बसका चालक फरार छन्।

मृतक बस्नेत मेलम्चीमा रहेको मेरो फाइनान्स कम्पनीका कर्मचारी हुन्। शव परीक्षणका लागि मेलम्ची ल्याउने तयारी भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: ११:५१ बजे, सोमबार, मंसिर ६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्