Kathmandu Press

सप्तरी उद्योग वाणिज्य संघको अध्यक्षमा अग्रवाल

सप्तरी, मंसिर ६ : सप्तरी उद्योग वाणिज्य सङ्घको अध्यक्ष पदमा लालुप्रसाद अग्रवालले सात सय ४६ मत प्राप्त गरी निर्वाचित भएका छन्।त्यस्तै, उपाध्यक्षद्वयमा रमेशकुमार...
सप्तरी उद्योग वाणिज्य संघको अध्यक्षमा अग्रवाल

सप्तरी, मंसिर ६ : सप्तरी उद्योग वाणिज्य सङ्घको अध्यक्ष पदमा लालुप्रसाद अग्रवालले सात सय ४६ मत प्राप्त गरी निर्वाचित भएका छन्।

त्यस्तै, उपाध्यक्षद्वयमा रमेशकुमार साह र दुर्गानन्दप्रसाद साह तथा महासचिवमा अमृतकुमार संचेती विजयी भएको प्रमुख निर्वाचन आयुक्त अधिवक्ता रामकुमार यादवले जानकारी दिए।

यसैगरी ११औँ अधिवेशनबाट सचिवमा सुरेन्द्र विमल, कोषाध्यक्षमा प्रमोदकुमार कावरा, सहकोषाध्यक्षमा निर्मल मुन्धडा निर्वाचित भएका छन्। यसैगरी सदस्यमा सन्तोष सिंन्हा, सचिन्द्र दास, सुरेन्द्र साह, कमलप्रसाद साह, सञ्जय पुर्वेले, दिलीपप्रसाद गुप्ता र महिला सदस्यमा अम्बिका दाहाल विजयी भएका छन्।

कूल एक हजार तीन सय २२ मतदाता रहेको सङ्घमा एक हजार एक सय ६१ जनाले मतदान गरेका थिए। (रासस)

प्रकाशित मिति: ०७:५९ बजे, सोमबार, मंसिर ६, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्