Kathmandu Press

ए डिभिजन लिगमा मनाङको विजयी सुरुआत

काठमाडौं, मंसिर ५ : मनाङ मर्स्याङ्दी क्लबले  ए डिभिजन लिगमा विजयी सुरुआत गरेको छ । आइतबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको दिनको दोस्रो खेलमा ललितपुरको...
ए डिभिजन लिगमा मनाङको विजयी सुरुआत

काठमाडौं, मंसिर ५ : मनाङ मर्स्याङ्दी क्लबले  ए डिभिजन लिगमा विजयी सुरुआत गरेको छ । 

आइतबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको दिनको दोस्रो खेलमा ललितपुरको जावलाखेल युथ क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै मनाङले विजयी सुरुआत गरेको हो । मनाङको जितमा डिफेन्डर दिनेश राजवंशीको निर्णायक गोल गरे । 

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा दिनेशले खेलको ५७ औं मिनेटमा निर्णायक गोल गरेका थिए । जितसँगै मनाङले तीन अंक बटुलेको छ । आज भएको पहिलो खेलमा एपीएफलाई ३–२ गोलले पराजित गर्दै ब्रिगेड ब्वाइज क्लबले महत्त्वपूर्ण ३ अंक जोडेको छ ।

ब्रिगेडक लागि दिनेश राईले दुई तथा सुरज गुरुङले  एक गोल गरे ।  एपीएफका लागि आशिष लामा र बिक्की तामाङले समान एक गोल फर्काए । 

लिगअन्तर्गत सोमबार दुई खेल हुनेछ । पहिलो खेलमा दुई विभागीय टोली नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी फुटबल क्लब भिड्नेछन् भने दोस्रो खेलमा साबिक विजेता मच्छिन्द्र फुटबल क्लबसँग एनआरटीले खेल्नेछ । 

प्रकाशित मिति: २०:४९ बजे, आइतबार, मंसिर ५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्