Kathmandu Press

ओलीको गतिविधिले गम्भीर खालको प्रतिगमनको खतरा : महामन्त्री सिंह

काठमाडौं, मंसिर ५ : नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंहले एमाले अध्यक्ष केपी ओली शर्माका गतिविधिले गम्भीर खालको प्रतिगमनको खतरा देखिएको  आरोप लगाएका छन्...
ओलीको गतिविधिले गम्भीर खालको प्रतिगमनको खतरा : महामन्त्री सिंह

काठमाडौं, मंसिर ५ : नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंहले एमाले अध्यक्ष केपी ओली शर्माका गतिविधिले गम्भीर खालको प्रतिगमनको खतरा देखिएको  आरोप लगाएका छन् ।

प्रगतिशील पत्रकार सङ्घ दाङले आज घोराहीमा आयोजना गरेको पत्रकार सम्मेलनमा महामन्त्री सिंहले ओलीका कारण अहिले देशमा गम्भीर प्रतिगमनको खतरा बढेको बताए । कम्युनिष्ट पार्टीको अध्यक्षले दुई÷दुईपटक संसद् भङ्ग गर्ने, पशुपतिनाथमा सुन चढाउनेदेखि पछिल्लो समय चितवनमा राममन्दिर स्थापना गर्ने लगायतका धार्मिक गतिविधिहरुले नेपाललाई हिन्दू राष्ट्र कायम गर्नेदेखि राजतन्त्र स्थापनाको आन्दोलनमा सहयोग पुग्ने गतिविधिमा लागेर प्रतिगमनलाई प्रश्रय दिने काम गरिरहेको आरोप लगाए ।

Hardik ivf

“मध्यावधि निर्वाचनको बहानामा संसद् भङ्ग गर्ने देखावटी खेल मात्र हो । भित्री रहस्य हिन्दू राष्ट्र कायम गर्ने र राजतन्त्र पुनःस्थापना गर्ने हो,” महामन्त्री सिंहले भने, “ओलीका गतिविधिहरु नेपाललाई धर्मनिरपेक्षताबाट हटाएर हिन्दू राष्ट्र कायम गर्ने र त्यसैको आडमा राजतन्त्र पुनःस्थापना गर्नेतर्फ केन्द्रित रहेको छ ।” महामन्त्री सिंहले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई हटाउन गठबन्धनभित्र विकल्पहरुको खोजी भइरहेको बताए ।

सर्वोच्च अदालतमा भएको आन्दोलनका कारण अहिले गम्भीर समस्या देखिएको भन्दै उनले आन्दोलनलाई लामो समयसम्म जान दिन नहुने बताए । “प्रधानन्यायाधीशका विरुद्धमा न्यायाधीशहरु र बारलगायतको आन्दोलन सही छ । न्यायिक सुधारका लागि प्रधानन्यायाधीशलाई हटाउनै पर्छ,” उनले भने ।

न्यायालयमा देखिएको समयमा समाधानका लागि गठबन्धनमा कुरा भइरहेको उनको भनाइ थियो । प्रधानन्यायाधीशलाई हटाउन कार्यपालिकासँग धेरै विकल्प नभएको र  महाअभियोग मात्र विकल्प रहेको बताए । त्यसका लागि गठबन्धनले मात्र पर्याप्त हुँदैन ।

प्रकाशित मिति: २०:४१ बजे, आइतबार, मंसिर ५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्