Kathmandu Press

पशुपति–चावहिलमा चन्द्रविनायक जात्राको रौनक

काठमाडाैं, मंसिर ५ : चन्द्रविनायक जात्राको तेस्रो दिन गणेश र भैरवलाई खटमा राखी पशुपति–चावहिल क्षेत्रमा घुमाइएको छ। नेपाल संवत् ८०० मा राजा भूपालेन्द्र मल्लको...
पशुपति–चावहिलमा चन्द्रविनायक जात्राको रौनक

काठमाडाैं, मंसिर ५ : चन्द्रविनायक जात्राको तेस्रो दिन गणेश र भैरवलाई खटमा राखी पशुपति–चावहिल क्षेत्रमा घुमाइएको छ। नेपाल संवत् ८०० मा राजा भूपालेन्द्र मल्लको पालामा सुुरु भएको जात्रा कार्तिक शुक्ल पूर्णिमादेखि मार्गशीर्ष कृष्ण तृतीयासम्म चार दिन चावहिल क्षेत्रमा मनाइन्छ। ऐतिहासिक, सांस्कृतिक श्री चन्द्रविनायक तथा श्री भैरवनाथ जात्रा चुच्चेपाटीबाट पशुपतिसम्म चार दिन धुमधामसँग मनाइन्छ।

जात्राको सुरुको दिन अमालकोट कचहरीका द्वारेले पूजा गरेपछि टोलटोलका गुठियारले पूजाआजा गर्ने परम्परा छ। शुक्रबार बिहान श्री चन्द्रविनायक र श्री भैरवको पूजा गरी जात्रा शुभारम्भ भएको थियो।  

Hardik ivf

चारदिने जात्राका लागि चावहिलबाट कुटुबहालसम्मको क्षेत्र सजाइएको छ। शुक्रबार, शनिबार र आइतबार चावहिल चुच्चेपाटीबाट पशुपतिसम्मका विभिन्न भागमा घुमाई सोमबार सिन्दूर जात्रा गरिने जात्रा समन्वय समितिका संयोजक नवीन गोर्खालीले बताए।

जात्राका क्रममा स्थानीयवासीले आफन्तलाई घरमा बोलाएर रमाइलो गर्ने परम्परा छ। घाउ, खटिरालगायत समस्या भएकाले चन्द्रविनायकको पूजाआराधना एवं दर्शन गरेमा ठीक हुने जनविश्वास रहिआएको छ।

उपत्यकाका चार गणेशमध्येको चन्द्रविनायक विसं २०७२ वैशाख १२ गतेको भूकम्पले क्षतिग्रस्त बनेको थियो। दुई वर्षअघि मन्दिर भत्काएर पुनर्निर्माण सम्पन्न गरिएको छ। पशुपति क्षेत्र विकास कोषले मन्दिर पुनर्निर्माण सम्पन्न गरेको हो।

प्रकाशित मिति: २०:३३ बजे, आइतबार, मंसिर ५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्