Kathmandu Press

संविधान संशोधन नभए सरकारविरुद्ध सडक आन्दोलन : राजपा

काठमाडौं, भदौ ३ : राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले संविधान संशोधनको माग सम्बोधन नभए आन्दोलनमा उत्रिने सरकारलाई चेतावनी दिएको छ। 

....
संविधान संशोधन नभए सरकारविरुद्ध सडक आन्दोलन : राजपा

काठमाडौं, भदौ ३ : राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले संविधान संशोधनको माग सम्बोधन नभए आन्दोलनमा उत्रिने सरकारलाई चेतावनी दिएको छ। 

प्रतिनिधिसभा बैठकमा मंगलबार विशेष समयमा बोल्दै राजपा नेपालकी सांसद अमृता अग्रहरीले आफ्नो पार्टीको माग सम्बोधन नभए सरकारविरुद्ध सडकमा उत्रिने चेतावनी दिएकी हुन्। 

‘हामीले धेरै समयदेखि संविधान संशोधनको माग गरिरहेका छौं। त्यो माग अब पनि पूरा भएन भने सरकारविरुद्ध हामी आन्दोलनमा होमिन्छौं,’ उनले भनिन्।

उनले गिरीशचन्द्र लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न पनि माग गरिन्। ‘हामीसँग सरकारले पटक–पटक प्रतिवेदन सार्वजनिक गर्ने प्रतिवद्धता जाहेर गरेको छ। तर, अहिलेसम्म त्यो सार्वजनिक भएको छैन,’ उनले भनिन्। 

सांसद अग्रहरीले मुलुकमा विद्रोहलाई निम्तो दिने काम नगर्न सरकारलाई चेतावनी पनि दिइन्।
 
प्रकाशित मिति: १५:५७ बजे, मंगलबार, भदौ ३, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्