Kathmandu Press

नेपाललाई आइकाओको कालो सूचीबाट हटाउन पहल भइरहेको छ : मन्त्री आले

चितवन, मङ्सिर ५ : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले नेपालको वायु सेवालाई अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आइकाओ)को कालो सूचीबाट हटाउन पहल...
नेपाललाई आइकाओको कालो सूचीबाट हटाउन पहल भइरहेको छ : मन्त्री आले

चितवन, मङ्सिर ५ : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले नेपालको वायु सेवालाई अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आइकाओ)को कालो सूचीबाट हटाउन पहल भइरहेको बताएका छन्। 

आज यहाँ पत्रकारहरुसँग कुराकानी गर्दै उनले नेपाल अहिले पनि आइकाओको कालो सूचीमा रहेको र यसलाई हटाएर पर्यटन प्रवद्र्धन गर्नका लागि पहल भइरहेको बताएका हुन्। उनले भने, 'बेलायतको एक हप्ताको कार्यक्रममा जाँदा मैले आइकाओको ब्ल्याक लिष्टबाट छिट्टै हटाउन भनेको छु। नेपाल आइसकेपछि मन्त्रालयबाट पनि पत्राचार गरेर कुरा अगाडि बढाएको छु।' सन् २०१३ देखि नेपालको वायु सेवा कालोसूचीमा रहँदै आएको छ। 

Hardik ivf

मन्त्री आलेले भारतका मुख्य सहरहरुमा थप उडान भर्ने तयारी भइरहेको जानकारी दिए। उनले भने, 'भारतीय र नेपाली नागरिकबाहेक अन्य आवतजावतको वातावरण थिएन, अहिले एयर बबल हटेको छ।' अब छिट्टै बैंङलोर, कलकत्ता, मुम्बई, चेन्नाईलगायतका सहरमा पनि उडान नियमित हुने उनको भनाइ थियो।

कोरोना त्रास अझै कायमै रहेकाले पर्यटन क्षेत्रको विकास हुन नसकेको उनले बताए। कोभिड पूरै समाप्त नभएकाले भ्रमण वर्ष घोषणा गर्ने वा नगर्ने भन्ने विषय छलफलमै रहेको उनले जानकारी दिए। सन् २०२० लाई भ्रमण वर्ष मनाउने घोषणा गरिए पनि कोभिड महामारीका कारण स्थगित भएको थियो।

फरक प्रसङ्गमा बोल्दै उनले भरतपुर विमानस्थलको स्तरोन्नतिका लागि मन्त्रालय सकारात्मक रहेको बताए।

प्रकाशित मिति: २०:२४ बजे, आइतबार, मंसिर ५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्