छुट्टाछुटै स्थानमा दुई जना मृत अवस्थामा फेला
काठमाडौं, मंसिर ५ : रुपन्देहीको मायादेवि गाउँपालिका ४ बर्सौलीमा एक महिला मृत अवस्थामा फेला परेका छन्। स्थानीय ३५ वर्षीया बासमती केवट आफ्नै घरबाट ४...
काठमाडौं, मंसिर ५ : रुपन्देहीको मायादेवि गाउँपालिका ४ बर्सौलीमा एक महिला मृत अवस्थामा फेला परेका छन्। स्थानीय ३५ वर्षीया बासमती केवट आफ्नै घरबाट ४ सय मिटर टाढा भुषा राख्ने ठाउँमा आइतबार मृत अवस्थामा फेला परेकी हु्न।
नवलपरासी (पूर्व), मध्यबिन्दु नगरपालिका ९ गंगोली खोलामा पहिचान नखुलेको अन्दाजी ४० वर्षीय पुरुष आइतबार मृत अवस्थामा फेला परेका छन्।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
प्रकाशित मिति: २०:१५ बजे, आइतबार, मंसिर ५, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार












