नियन्त्रित लागूऔषधसहित पक्राउ

पर्सा, मंसिर ५ : छिपरमाई गाउँपालिका ४ बन्जरी पुलस्थित सडकबाट नियन्त्रित लागूऔषधसहित एक जना पक्राउ परेका छन्।
४ सय ५० एम्पुल नुफिन, ४ सय ५० एम्पुल डाइजेपाम र ४ सय ५० एम्पुल प्रोमिफाइजाम हाईड्रोकोलोराइडसहित धोविनी गाउँपालिका २ आसवारीका २६ वर्षीय दिवाकर कुमार साह शनिबार राति पक्राउ परेका हुन्।
भारतबाट नेपालतर्फ आउदै गरेको ना.४५ प ११६४ नम्बरको मोटरसाइकललाई सिमा प्रहरी चौकी भिष्वा बन्जारीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा साहलाई झोलामा लुकाई ल्याउँदै गरेको उक्त परिमाणको लागूऔषध सहित फेला पारी प्रहरीले पक्राउ गरेको हो।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।
प्रकाशित मिति: २०:०७ बजे, आइतबार, मंसिर ५, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार









-(86)-1764936079.jpg)


-1764760320.jpg)