Kathmandu Press

निमित्त प्रहरी महानिरीक्षक निरज बहादुर शाहीबाट निर्देशन

निमित्त प्रहरी महानिरीक्षक निरज बहादुर शाहीबाट निर्देशन

काठमाडौं, मंसिर ५ : निमित्त प्रहरी महानिरीक्षक प्रहरी अतिरिक्त महानिरीक्षक निरज बहादुर शाहीले हालै सरुवा तथा काज भई आ आफ्नो कार्यक्षेत्रमा जान लागेका प्रहरी नायव महानिरीक्षकदेखि प्रहरी निरीक्षकहरूलाई प्रहरी प्रधान कार्यालयमा आइतबार आयोजित कार्यक्रमबीच निर्देशन दिएका छन्।

निर्देशनका क्रममा निमित्त प्रहरी महानिरीक्षक शाहीले संगठनको नीति निर्देशन एवं प्रचलित ऐन नियम अनुसार परिचालित भई संगठनले लिएको विश्वास कायम राखी काम गर्नुपर्ने बताए। संगठनकै मूल्याङकनको कारण प्राप्त जिम्मेवारीलाई पूर्ण नैतिकवान र इमानदार भई संगठन उद्देश्य हासिल गर्न सुम्पिएको जिम्मेवारीलाई निष्पक्ष र पारदर्शी भई उपयोगिता आउने गरी परिचालन हुन उनले निर्देशन दिए।
 
निमित्त प्रहरी महानिरीक्षक शाहीले अपराध नियन्त्रण तथा अनुसन्धान, विपद् व्यवस्थापन, ट्राफिक व्यवस्थापन, चोरी तस्करी नियन्त्रण लगायतमा विशेष चनाखो रही सामुहिक भावनाका साथ उत्कृष्ट काम गरी आ-आफ्नो जिम्मेवारी पूरा गर्नुपर्ने बताए। आ आफ्नो कार्यक्षेत्र अनुसार अन्य निकायहरूसँग समन्वय र समदूरी कायम गरी हरेक काममा सफलता हाँसिल गर्दै नेपाल प्रहरीको प्रतिष्ठा कायम राख्न उनले निर्देशन दिए।

Hardik ivf

उक्त अवसरमा प्रहरी प्रधान कार्यालय मानवश्रोत एवं प्रशासन विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक विश्वराज पोखरेलले कार्यक्षमतालाई ख्याल गर्दै राम्रो आचरण र व्यवहारका साथ पारदर्शी एवं निष्पक्ष तरिकाले थप सुधारका काम गर्नुपर्ने उल्लेख गरे। उच्च व्यवसायिकता र आचरणलाई कायम राखी निस्वार्थ भावनाबाट काम गर्नुपर्नेमा उनले जोड दिए।

सो अवसरमा प्रहरी नायव महानिरीक्षक रविन्द्र बहादुर धानुकले प्रहरी प्रधान कार्यालय कार्य विभागको तर्फबाट, प्रहरी नायव महानिरीक्षक बसन्त कुमार लामाले प्रहरी महानिरीक्षकको सचिवालयको तर्फबाट र प्रहरी नायव महानिरीक्षक राजेश कुमार लाल कर्णले प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागको तर्फबाट निर्देशन दिएका थिए।

प्रकाशित मिति: २०:०५ बजे, आइतबार, मंसिर ५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्