Kathmandu Press

सांसद प्रदीप यादवको प्रश्नः असमानता कायमै हुन्छ भने संघीयता के-का लागि आयो?

काठमाडौं, भदौ ३ : संघीय समाजवादी फोरमका सांसद प्रदीप यादवले ठूलो संघर्षपछि संघीयता आएपनि असमानता भने कायमै रहेको बताएका छन्। 

सांसद प्रदीप यादवको प्रश्नः असमानता कायमै हुन्छ भने संघीयता के-का लागि आयो?

काठमाडौं, भदौ ३ : संघीय समाजवादी फोरमका सांसद प्रदीप यादवले ठूलो संघर्षपछि संघीयता आएपनि असमानता भने कायमै रहेको बताएका छन्। 

प्रतिनिधिसभा बैठकमा मंगलबार विशेष समयमा बोल्दै सांसद यादवले लोकसेवा आयोगले निकालेको विज्ञापन संघीयताको मर्म र भावना विपरीत रहेको बताए। उनले प्रश्न गर्दै भने,‘असमानता कायमै राख्ने हो भने मुलुकमा संघीयता के–का लागि आयो?’

उनले आरक्षण बचाउ अभियान अन्तर्गतको  शान्तिपूर्ण प्रदर्शनमा प्रहरीले दमन गरेको भन्दै आपत्ति जनाए। सांसद यादवले अधिकारको लडाइ अझै जारी राख्ने चेतावनी दिए।

आरक्षण बचाउ अभियानले लोकसेवा आयोगले स्थानीय तहका लागि खोलेको कर्मचारी भर्ना संघीयताको मर्म विपरीत रहेको भन्दै आन्दोलन गर्दै आएको छ।

उनीहरुको आन्दोलनका बीच लोकसेवा आयोगले स्थानीय तहका लागि कर्मचारी भर्नाको प्रक्रिया अघि बढाइरहेको छ। 
 
प्रकाशित मिति: १५:४१ बजे, मंगलबार, भदौ ३, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्