Kathmandu Press

हेटौँडा अस्पताललाई आइसियु एम्बुलेन्स हस्तान्तरण

हेटाैँडा, मंसिर ५ : स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाले हेटौँडा अस्पताललाई सुविधा सम्पन्न एम्बुलेन्स हस्तान्तरण गरेका छन्।नेपाल–भारत सहयोग कार्यक्रमअन्तर्गत मन्त्रालयलाई प्राप्त ‘ए’ ग्रेडको...
हेटौँडा अस्पताललाई आइसियु एम्बुलेन्स हस्तान्तरण

हेटाैँडा, मंसिर ५ : स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाले हेटौँडा अस्पताललाई सुविधा सम्पन्न एम्बुलेन्स हस्तान्तरण गरेका छन्।

नेपाल–भारत सहयोग कार्यक्रमअन्तर्गत मन्त्रालयलाई प्राप्त ‘ए’ ग्रेडको एम्बुलेन्स मन्त्री खतिवडाले हेटौँडा अस्पतालका प्रमुख डा रामचन्द्र सापकोटालाई आज हस्तान्तरण गरेका हन्। 

Hardik ivf

सो अवसरमा उनले सबै नेपालीलाई खोपको सहज पहुँचका लागि अब चौबिसै घण्टा खोप लगाउने व्यवस्था गर्न लागेको जानकारी दिए।

अस्पतालका प्रमुख डा सापकोटाले हस्तान्तरण गरिएको यो एम्बुलेन्समा आइसियु र भेन्टिलेटरसहितको सुविधा रहेकाले जटिल प्रकृतिका बिरामीलाई अन्यत्र पठाउनुपर्दा सहयोगी हुने विश्वास व्यक्त गरे।     

कार्यक्रममा प्रदेशसभा सदस्यद्वय मुनु सिग्देल र प्रेमबहादुर पुलामी, वाग्मती प्रदेश स्वास्थ्य निर्देशनालयका प्रमुख महेश्वर श्रेष्ठ, अस्पतालका पूर्वअध्यक्ष प्रकाश पौडेल, अस्पतालका डा हरि खड्का लगायतको सहभागिता थियो।

प्रकाशित मिति: १९:०४ बजे, आइतबार, मंसिर ५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्