प्रधानमन्त्रीद्वारा पौडेलकी आमाको निधनप्रति दुःख व्यक्त
काठमाडाैं, मंसिर ५ : प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलकी माता खुमकुमारी पौडेलको निधनप्रति दुःख व्यक्त...
काठमाडाैं, मंसिर ५ : प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलकी माता खुमकुमारी पौडेलको निधनप्रति दुःख व्यक्त गरेका छन्। उनको ग्रिन सिटी अस्पताल सामाखुसीमा उपचारका क्रममा आज ८२ वर्षको उमेरमा निधन भएको हो।
सभापति देउवाले आज शोक विज्ञप्तिमार्फत उनको आत्माको चिरशान्तिको कामना गर्दै मुख्यसचिव पौडेलसहित शोकसन्तप्त परिवारजनप्रति पार्टी र आफ्नो तर्फबाट समवेदना प्रकट गरेका छन।
नेपालको लोकतान्त्रिक आन्दोलनमा निरन्तर सक्रिय पौडेल परिवारका सबै सदस्यहरुलाई सदा मार्गदर्शन र उत्प्रेरणा प्रदान गर्दै आएकी खुमकुमारी पौडेलको निधनले नेपालको लोकतान्त्रिक आन्दोलनको अभियानमा नै अपूरणीय क्षति पुगेको पार्टी कार्यालयले जनाएको छ। उनको आजै पशुपति आर्यघाटमा अन्तिम दाहसंस्कार गरिने कांग्रेसले जनाएको छ।



-1783061799.jpg)






-1783061799.jpg)

