Kathmandu Press

कांग्रेस मुख्य सचिव पौडेललाई मातृशोक

काठमाडौं, मंसिर ५ : नेपाली कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलकीलाई मातृशोक परेको छ।उनकी आमा खुमकुमारी पौडेलको ८२ वर्षको उमेरमा आइतबार ग्रिनसिटी अस्पताल...
कांग्रेस मुख्य सचिव पौडेललाई मातृशोक

काठमाडौं, मंसिर ५ : नेपाली कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलकीलाई मातृशोक परेको छ।

उनकी आमा खुमकुमारी पौडेलको ८२ वर्षको उमेरमा आइतबार ग्रिनसिटी अस्पताल सामाखुसीमा उपचारका क्रममा निधन भएको कांग्रेस पार्टी कार्यालयले जनाएको छ। 

प्रधानमन्त्री एवं सभापति शेरबहादुर देउवाले खुमकुमारी पौडेलको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गरेका छन्। उनको आत्माको चिर शान्तिको कामना गर्दै पौडेलसहित शोक सन्तप्त परिवारजनप्रति उनले गहिरो समवेदना प्रकट गरेका छन्। 

प्रकाशित मिति: १८:०७ बजे, आइतबार, मंसिर ५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्