द्वन्द्वपीडितलाई न्यायको अनुभूति दिनेगरी काम गर्न आग्रह
काठमाडौं, मंसिर ५ : मानवअधिकार आयोगले विस्तृत शान्तिसम्झौताको पालना गरी द्वन्द्वपीडितलाई न्यायको अनुभूति दिनेगरी काम गर्न आग्रह गरेको छ।आयोगका प्रवक्ता डा. टीकाराम पोखरेलले आज...
काठमाडौं, मंसिर ५ : मानवअधिकार आयोगले विस्तृत शान्तिसम्झौताको पालना गरी द्वन्द्वपीडितलाई न्यायको अनुभूति दिनेगरी काम गर्न आग्रह गरेको छ।
आयोगका प्रवक्ता डा. टीकाराम पोखरेलले आज उक विज्ञप्ति जारी गरेर त्यस्तो आग्रह गरेका हुन्।
उनले द्वन्द्वपीडितको अधिकार सुनिश्चित गर्नुपर्नेमा जोड दिँदै सङ्क्रमणकालीन न्यायका सम्बन्धमा गठित आयोगहरुले संशोधित कानुनको अभावमा द्वन्द्वपीडितलाई न्यायको अनुभूति हुन सक्ने गरी कार्य गर्न अझै नसकेका बताएका छन्।
‘द्वन्द्वपीडित र मानव अधिकारकर्मीहरुको पटकपटकको खबरदारीपछि पनि दण्डहीनताको अन्त्यका लागि सन्तोषजनक कार्य हुन नसक्नु चिन्ताको विषय भएको छ,’ विज्ञप्तिमा भनिएको छ।
आयोगले शान्तिप्रक्रियाको अनुगमन गर्नुका साथै द्वन्द्वसँग सम्बन्धित मानवअधिकार उल्लंघनका घटनाको अनुसन्धान र सिफारिस गर्दै आएको तर मानव अधिकार उल्लंघनका दोषीलाई कारबाही तथा पीडितलाई क्षतिपूर्ति दिन गरिएका सिफारिसमध्ये अधिकांश विगतको द्वन्द्वसँग सम्बन्धित भए पनि तिनको कार्यान्वयन अवस्था सन्तोषजनक नरहेको विज्ञप्तिमा उल्लेख छ।
आयोगको सिफारिस तथा सर्वोच्च अदालतको निर्णय अनुकूल हुने गरी संशोधन गर्न, द्वन्द्व पीडितहरुको समयमै न्याय प्राप्त गर्ने अधिकार सुनिश्चित गर्न तथा आयोगले दोषी ठहर गरेका मानव अधिकार उल्लंघनकर्ताहरुलाई कानुन बमोजिम कारबाहीको दायरामा ल्याई दण्डहीनताको स्थिति अन्त्य गर्न सरकार तथा सम्बन्धित सबै पक्षलाई आग्रह गरिएको छ।




-1783061799.jpg)






-1783061799.jpg)

