Kathmandu Press

तिला गाउँपालिकाका १४ गाउँ छुइगोठ मुक्त

जुम्ला, मंसिर ५ : जुम्लाको तिला गाउँपालिकाभित्रका १४ गाउँबस्ती छुइगोठमुक्त भएका छन्। गैरसरकारी संस्था सर्वोदय नेपालसँगको समन्वयमा गाउँपालिका छुइगोठ मुक्त अभियानमा जुटेको गाउँपालिका...
तिला गाउँपालिकाका १४ गाउँ छुइगोठ मुक्त

जुम्ला, मंसिर ५ : जुम्लाको तिला गाउँपालिकाभित्रका १४ गाउँबस्ती छुइगोठमुक्त भएका छन्। गैरसरकारी संस्था सर्वोदय नेपालसँगको समन्वयमा गाउँपालिका छुइगोठ मुक्त अभियानमा जुटेको गाउँपालिका उपाध्यक्ष विष्णु बुढाले बताए। 

समाजमा विकृतिका रुपमा जरो गाडेर बसेको छाउपडी प्रथा न्यूनीकरणका लागि छुइगोठ मुक्त अभियान थालिएको जनाउँदै उनले भने, ‘छाउपडी प्रथा महिलाको वृत्ति विकासको बाधक हो, महिला सशक्तीकरण, लैङ्गीक समानता र विभेद न्यूनीरकरणका लागि यो अभियान एक नमूना कार्यका रुपमा अघि बढेको छ, हालसम्म गाउँपालिकाका १४ बस्ती छुइगोठ मुक्त भइसकेका छन्।’ बाँकी बस्ती छाउगोठ मुक्त हुने क्रम जारी रहेको उनले बताए।

Hardik ivf

सर्वोदय नेपाल र इटालियन फाउण्डेशनको सहयोगमा यहाँका बस्ती छाउगोठ मुक्त कार्य अघि बढेको छ। स्थानीय सरकारसँग समन्वय गरेर छाउगोठ मुक्त अभियान तीव्र गतिमा अघि बढेको सर्वोदय नेपालका केन्द्रीय कार्यकारी निर्देशक धनबहादुर ऐरले बताए। 

सो गाउँपालिकाले सन् २०२१ सम्म पूरै गाउँपालिकालाई छाउगोठ मुक्त बनाई सक्ने रणनीति तयार पारेअनुसार सहयोग गरेको छ। छाउगोठ मुक्त बस्ती घोषणा गर्न महिनामा दुईपटक गाउँमा छलफल तथा सचेतनाका क्रियाकलाप हुने गरिएको छ।

प्रत्येक तीन महिनामा घरधुरी सर्वेक्षण र घरदैलो कार्यक्रम सञ्चालन गर्दै आएका कारण महिलामा परिवर्तन आएको सर्वोदय नेपाल जुम्लाका कार्यकारी निर्देशक कमल खत्रीले बताए। 

वडा र गाउँपालिकास्तरीय समन्वयात्मक बैठक तथा अनुगमन गरेर मात्र छाउगोठ मुक्त बस्ती घोषणाको तयारी गरिएको हो । सरकारले छाउपडीउन्मूलन निर्देशिका ल्याए पनि कार्यान्वयनमा आउन सकेको छैन।

निर्देशिकाले अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजना निर्धारण गरेको छ। यो निर्देशिका गाउँसम्म पुग्न सकेको छैन। तिला–४ का स्थानीयवासी सिर्जना शाहीले भनिन्र, ‘हाम्रो समाजमा छाउपडी प्रथाले हिंसा बढाइरहेको छ, महिला हिंसाको एक प्रमुख कारण छाउपडी प्रथा हो।’ 

प्रकाशित मिति: १६:४९ बजे, आइतबार, मंसिर ५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्