Kathmandu Press

विष खुवाई पत्नीको हत्या गरेको अभियोगमा २५ वर्षीय युवक पक्राउ 

सप्तरी, मंसिर ५ : पत्नीलाई विष खुवाइ हत्या गरेका अभियोगमा प्रहरीले बोदे बरसाइन नगरपालिका–५ जाँजरका २५ वर्षीय लुकमान मियाँलाई पक्राउ गरेको छ ।    उनलाई...
विष खुवाई पत्नीको हत्या गरेको अभियोगमा २५ वर्षीय युवक पक्राउ 

सप्तरी, मंसिर ५ : पत्नीलाई विष खुवाइ हत्या गरेका अभियोगमा प्रहरीले बोदे बरसाइन नगरपालिका–५ जाँजरका २५ वर्षीय लुकमान मियाँलाई पक्राउ गरेको छ ।
    
उनलाई आज म्याद थपका लागि जिल्ला अदालत पठाइएको इलाका प्रहरी कार्यालय कडरबोनाका प्रहरी निरीक्षक वीरेन्द्रकुमार पासवानले जानकारी दिए। दाइजोबापत मोटरसाइकल र नगद नदिएको जनाउँदै मियाँले परिवारका सदस्यसँग मिलेर २०७६ फागुन २ गते श्रीमती २२ वर्षीया रोशन खातुनलाई विष खुवाएर हत्या गरेको बताइएको छ।

शव परीक्षणका कोशी अस्पताल विराटनगरमा भएको थियो। घटनासँगै मृतकका बुबा जहिरुदिनले इलाका प्रहरी कार्यालय कडरबोनामा दिएको जाहेरी दर्ता नभएपछि जहिरुद्दिनले उच्च अदालत जनकपुर, राजविराज इजलासमा परमादेशका लागि मुद्दा दायर गरेका थिए। 

Hardik ivf

उच्च अदालत जनकपुर राजविराज इजलासले २०७७ मङ्सिर २९ गते परमादेश गरेपछि जाहेरी दर्ता गरी लुकमानलाई पक्राउ गरिएको प्रहरी निरीक्षक पासवानले बताए।

हत्या आरोपमा लुकमानसहित उनका आमा ४५ वर्षीया सकिना खातुन, सोही ठाउँका ५५ वर्षीय कलिमुल्ला मियाँ, ४७ वर्षीय सरिमुल्ला मियाँ, महादेवा गाउँपालिका–४ का ३२ वर्षीय हजरत मियाँ र सोही ठाउँकी २७ वर्षीया हमिदा खातुन र २९ वर्षीया रेशमा खातुनविरुद्ध जाहेरी दिइएको छ। अन्य आरोपित पक्राउ परेका छैनन्।
    
रोशन खातुनको २०७६ मङ्सिर ३० गते लुकमानसँग विवाह भएको थियो। विवाहपछि दाइजो माग्दै पटकपटक धम्की दिँदै आएका लुकमानसहितकाले दाइजो नदिएको रिसमा बहिनालाई कुटपिट गर्दै विष खुवाएको मृतकका भाइ मो. फिरोजले बताए।

 ‘बहिनीलाई दाइजो माग्दै कुटपिट गरेको कुरा बहिनीले मोबाइल फोनबाट हामीलाई सुनाएको रेकर्ड सुरक्षित छ,’ उनले भने, ‘हामीलाई न्याय चाहिएको छ।’ 

विष खुवाइएपछि गम्भीर बनेकी रोशनको उपचारको क्रममा विराटनगरस्थित गोल्डेन अस्पतालमा मृत्यु भएको थियो ।

प्रकाशित मिति: १५:४१ बजे, आइतबार, मंसिर ५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्