Kathmandu Press

‘रन फर प्रोटिन’ हाफ म्याराथन हुने

‘रन फर प्रोटिन’ हाफ म्याराथन हुने

काठमाडौं, मंसिर ५ : नेपाल भेटेरिनरी एशोसिएशनको आयोजनामा काठमाडौंमा ‘रनफर प्रोटिन’ हाफ म्याराथन हुने भएको छ। एशोसिएसनद्धारा आज यहाँ आयोजित पत्रकार सम्मलेनमा उक्त प्रतियोगिता आगामी पुस ३ गते हुने जानकारी दिइयो। 

प्रतियोगितामा हाफ म्याराथनसहित पुरुष १० किमि, महिला पाँच किमि, १२ कक्षासम्मका विद्यार्थीअन्तर्गत पुरुषतर्फ पाँच किमि तथा महिलातर्फ तीन किमि दौड हुनेछ। साथै फरक क्षमता भएका व्यक्तिका लागि ह्वीलचेयर दौड पनि समावेश गरिएको आयोजकका अध्यक्ष डा सितलकाजी श्रेष्ठले जानकरी दिए।

प्रोटिनमाथिको अधिकारको मर्मलाई आत्मसात गर्दै प्रोटिनजन्य पदार्थमा पहुँच बढाउन तथा जनचेतना फैलाउने उदेश्यले म्याराथन आयोजना गर्न लागिएको आयोजकले जनाएको छ।

महिला तथा पुरुषतर्फको हाफ म्याराथन विजेताले समान रु एक लाख तथा दोस्रो हुने खेलाडीले रु ७५ हजार प्राप्त गर्नेछन् । त्यस्तै तेस्रो हुने खेलाडीले रु ५० हजार पाउनेछन्। चौथो र पाँचौ हुनेले क्रमशः रु ४० हजार र रु ३० हजार प्राप्त गर्नेछन्।

दश किमितर्फ शीर्षदेखि पाँचौस्थानसम्म हातपार्ने खेलाडीले क्रमशः रु ५० हजार, रु ४० हजार, रु ३० हजार, रु २० हजार र रु १० हजार पाउनेछन्।

पाँच किमि तथा ह्वीलचेयरतर्फका शीर्षदेखि पाचौँ स्थानसम्म विजेता हुने खेलाडीले क्रमश रु ३० हजार, रु २० हजार, रु १५ हजार, रु १० हजार र रु पाँच हजार पाउनेछन्।

त्यसैगरी तीन किमितर्फका शीर्ष पाँचसम्म विजयी हुने खेलाडीले क्रमशः रु २० हजार, रु १५ हजार, रु १० हजार, रु पाँच हजार र रु दुई हजार ५०० प्राप्त गर्नेछन्। उक्त प्रतियोगिताका लागि दर्ता शुल्क रु दुई सय तोकिएको छ।

प्रकाशित मिति: १५:३१ बजे, आइतबार, मंसिर ५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्