खोलामा डुबेर ३१ वर्षीय पुरुषको मृत्यु
उदयपुर, मंसिर ५ : खोलामा पौडी खेल्ने क्रममा डुबेर एक युवकको मृत्यु भएको छ। उदयपुरको त्रियुगा नगरपालिका–११ पुरानो गाइघाटका ३१ वर्षीय मनोज चौधरीको डुबेर...
उदयपुर, मंसिर ५ : खोलामा पौडी खेल्ने क्रममा डुबेर एक युवकको मृत्यु भएको छ। उदयपुरको त्रियुगा नगरपालिका–११ पुरानो गाइघाटका ३१ वर्षीय मनोज चौधरीको डुबेर मृत्यु भएको हो।
जिल्लाकै चौदण्डीगढी नगरपालिका–१० देबधार भिमसेनथानस्थित खोलाको बगरमा पिकनिक मनाउन गएको र पौडी खेल्ने क्रममा डुबेको प्रहरीले जनाएको छ।
डुबेर गम्भीर घाइते भएका चौधरीलाई उपचारको क्रममा लागि जिल्ला अस्पताल गाइघाटमा मृत्यु भएको प्रहरीलले जानकारी दिएको छ।
प्रकाशित मिति: १४:३५ बजे, आइतबार, मंसिर ५, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार



-1783061799.jpg)






-1783061799.jpg)

