छुट्टाछुट्टै दुर्घटनामा २ जनाको मृत्यु, ४० जना घाइते
काठमाडौं, मंसिर ५ : विभिन्न जिल्लामा भएको सवारी दुर्घटनामा परि २ जनाको मृत्यु भएको छ। शनिबार दिउँसो जुम्लाको पातरासी गाउँपालिका–६ उर्थुमा यात्रुवाहक जिप...
काठमाडौं, मंसिर ५ : विभिन्न जिल्लामा भएको सवारी दुर्घटनामा परि २ जनाको मृत्यु भएको छ। शनिबार दिउँसो जुम्लाको पातरासी गाउँपालिका–६ उर्थुमा यात्रुवाहक जिप दुर्घटना हुँदा ४६ वर्षीया दन्तकली बोहोराको घटनास्थलमै मृत्यु भएको छ। ग १ ज ५८८४ नम्बरको जिप सडकबाट करिब २ सय मिटर तल खस्दा अन्य ८ जना घाइते भएका छन्।
घाइते भएका आठै जनालाई उपचारका लागि शनिबार नै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको थियो। सो मध्य दुई जना डिस्चार्ज भएर घर फर्किसकेको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ।
त्यस्तै सुनसरीको दुबही नगरपालिका–१२ मा मोटरसाइकलले साइकललाई ठक्कर दिँदा साइकलमा सवार एक व्यक्तिकोे मृत्यु भएको छ। प्रदेश १–०२–०४६ प ७७३५ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा गढी गाउँपालिका ५ ठेगाना रहेका ३३ वर्षीय हरि ऋषिदेवको मृत्यु भएको हो।
ठक्करबाट गम्भीर घाइते भएका हरिलाई उपचारका लागि कोशी अस्पताल बिराटनगर लैजाँदै गर्दा बाटोमै निधन भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जानकारी दिएको छ। ठक्करबाट साइकल चालक रघुनन्द ऋषिदेव गम्भीर घाइते भएको र उनको पनि सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । मोटरसाइल चालक भने फरार रहेको र उनको खोजी भइरहेको बताइएको छ।
यसैगरी दाङको लमही नगरपालिका–३ नारायणपुरमा यात्रुवाहक बस दुर्घटना हुँदा २९ जना घाइते भएका छन्। सुर्खेतबाट काठमाडौँ आउँदै गरेको कर्णाली प्रदेश ०२–००१ ख ०२१९ नम्बरको बसको पट्टा भाँचिएर दुर्घटना भएको प्रहरीले जनाएको छ। बसमा ३९ यात्रु रहेको बताइएको छ।
दुर्घटनाका घाइतेहरुलाई उपचारको लागि लमही अस्पताल लमही पठाइएको छ प्रहरीले जनाएको साथै चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।



-1783061799.jpg)






-1783061799.jpg)

