Kathmandu Press

साढे २ लाख नगदसहित ६ जना जुवाडे पक्राउ 

काठमाडौं, मंसिर ५ झापाको दमकबाट ६ जना जुवाडे पक्राउ परेका छन्। इलाका प्रहरी कार्यालय दमकबाट खटिएको टोलीले दुई लाख ५६ हजार ३ सय...
साढे २ लाख नगदसहित ६ जना जुवाडे पक्राउ 

काठमाडौं, मंसिर ५ झापाको दमकबाट ६ जना जुवाडे पक्राउ परेका छन्। इलाका प्रहरी कार्यालय दमकबाट खटिएको टोलीले दुई लाख ५६ हजार ३ सय ५० रुपैयाँ र ताससहित ६ जनालाई नियन्त्रणमा लिएको हो। 

पक्राउ पर्नेमध्य ६६ वर्षीय विश्वराज पराजुली सहित अन्य स्थानीयहरु रहेका छन्। पक्राउ पर्ने अन्य व्यक्तिहरुको नाम भने प्रहरीले सार्वजनिक गरेको छैन। 

उनीहरु स्थानीय शेर बहादुर कार्कीले सञ्चालन गर्दै आएको रातो भाले सेकुवा कर्नर होटलबाट पक्राउ परेका हुन्। पैसाको हारमार हुने गरी जुवातास खेलाइरहेको भन्ने सूचनाका आधारमा प्रहरीको टोली सो होटलमा पुगेको थियो। 

पक्राउ पर्नेहरुका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

प्रकाशित मिति: १४:०७ बजे, आइतबार, मंसिर ५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्