एकनाले भरुवा बन्दुकसहित एकजना पक्राउ
धनकुटा, मंसिर ५ : धनकुटाको छथरजोरपाटी गाउँपालिका–३ बाट भरुवा बन्दुक सहित एकजना युवक पक्राउ परेका छन्। पक्राउ पर्नेमा चिउरीबोटे बस्ने २४ वर्षीय राजन लिम्बु...
धनकुटा, मंसिर ५ : धनकुटाको छथरजोरपाटी गाउँपालिका–३ बाट भरुवा बन्दुक सहित एकजना युवक पक्राउ परेका छन्। पक्राउ पर्नेमा चिउरीबोटे बस्ने २४ वर्षीय राजन लिम्बु रहेका छन्।
प्रहरी चौकी छथरजोरपाटी बजारबाट खटिएको प्रहरीको टोलीले राजनलाई एकनाले भरुवा बन्दुकसहित पक्राउ गरेको हो। प्रहरीले गाइगोठमा लुकाइराखेको अवस्थामा एक थान भरुवा बन्दुक बरामद गरेको जनाएको छ।
यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रकाशित मिति: १४:०५ बजे, आइतबार, मंसिर ५, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार



-1783061799.jpg)






-1783061799.jpg)

