Kathmandu Press

कालीकोट जिल्ला अस्पतालमा दन्त उपचार सेवा

कालीकोट, मंसिर ५ : कालीकोट जिल्ला अस्पतालमा दन्त उपचार सेवा सुरु भएको छ। बहिरंग सेवासँगै अस्पतालले दन्त उपचार सेवा पनि थप गरेको हो।जिल्ला अस्पतालमा...
कालीकोट जिल्ला अस्पतालमा दन्त उपचार सेवा

कालीकोट, मंसिर ५ : कालीकोट जिल्ला अस्पतालमा दन्त उपचार सेवा सुरु भएको छ। बहिरंग सेवासँगै अस्पतालले दन्त उपचार सेवा पनि थप गरेको हो।

जिल्ला अस्पतालमा दन्त उपचार सेवा सुरु भएपछि सेवा लिनेको सङ्ख्या पनि वृद्धि भएको छ। पहिला दन्त उपचार सेवा सुरु नहुँदा बिरामीले जानकारी नपाएका कारण छिटपुट मात्र दाँतका बिरामी आउने गरेकामा अहिले दैनिक १५ जनाका दरले दन्त उपचार सेवा लिन आउने गरेको अस्पतालले जनाएको छ। 

Hardik ivf

दाँतका बिरामीले दैनिक सेवा लिनेको सङ्ख्या वृद्धि भइरहेको दन्त सेवा विभागका प्रमुख डा रोहित गुरुङले बताए। ‘आगामी दिनमा थप एक चिकित्सक आवश्यक रहेको छ,’ उनले भने, ‘बिरामीको चाप पनि बढ्दै गएको छ।’ अस्पतालले दन्त उपचार सेवा दिन सुरु गरेपछि सेवाग्राहीलाई सहज भएको स्वास्थ्य सेवा कार्यालयका निमित्त व्यवस्थापक डा. रत्नवीर सुनारले बताए। 

‘अस्पतालमा दाँतको सेवा लिनेको सङ्ख्या दिनप्रतिदिन वृद्धि भइरहेको छ,’ उनले भने। अस्पतालमा हाल दाँत निकाल्ने, भर्ने, आरसिटी गर्ने, सफा गर्नेजस्ता उपचार सेवा दिइएको छ। आगामी दिनमा दाँत फेर्ने सेवा पनि सञ्चालन गर्ने डा. सुनारले बताए। 

कालीकोटमा दन्त उपचार सेवा नहुँदा दाँतका बिरामीले उपचारका लागि सुर्खेत नेपालगञ्जलगायत सुविधा सम्पन्न सहरमा जानुपर्ने बाध्यता हटेको खाँडाचक्र नगरपालिका–२ का बिर्ख विकले बताए। 

प्रकाशित मिति: १२:१७ बजे, आइतबार, मंसिर ५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्