Kathmandu Press

तुलसीपुरमा ब्राउनसुगरसहित आमा–छोरा पक्राउ

दाङ, मंसिर ५ : दाङको तुलसीपुरमा प्रहरीले एक घरमा छापा मारी करिब २० ग्राम ब्राउनसुगरसहित आमा–छोरालाई पक्राउ गरेको छ।शनिबार साँझ साढे ५ बजेतिर...
तुलसीपुरमा ब्राउनसुगरसहित आमा–छोरा पक्राउ

दाङ, मंसिर ५ : दाङको तुलसीपुरमा प्रहरीले एक घरमा छापा मारी करिब २० ग्राम ब्राउनसुगरसहित आमा–छोरालाई पक्राउ गरेको छ।

शनिबार साँझ साढे ५ बजेतिर तुलसीपुर उपमहानगरपालिका– ५ स्थित ३८ वर्षीया सुशीला श्रेष्ठ र उनका छोरा रोहनलाई प्रहरीले पक्राउ गरेको हो।

Hardik ivf

सुशीलाको माइतीघरमा छापा मार्दा सानो पुरिया ९९ थान र ठूलो पुरिया एक गरी १९ ग्राम ७१० मिलीग्राम ब्राउनसुगरसहित सुशीला र छोरा रोहनलाई प्रहरी पक्राउ गगरेको हो।

ब्राउनसुगर बिक्री वितरणका लागि पुरिया बनाउँदै गरेको अवस्थामा फेला गरेको प्रहरीले जनाएको छ। सुशीलाको घर तुलसीपुर उपमहानगरपालिका–६ स्थित विद्युत् कार्यालयदेखि पछाडि रहे पनि हाल तुलसीपुर–५ मा बस्दै आएकी छिन् । आमा–छोरा दुवै ब्राउनसुगर कारोबारी हुन् ।

कारोबारमा उनका श्रीमान् वसन्त श्रेष्ठको पनि संलग्नता रहेको भन्दै अनुसन्धानका लागि खोजी गरिरहेको छ।

यसअघि तुलसीपुरमै प्रहरीले ठूलो परिमाणमा ब्राउनसुगर बरामद गरेको थियो । आमा–छोरालाई पक्राउ गर्नुभन्दा पहिले तुलसीपुर बसपार्कबाट दुई जनालाई पक्राउ गरिएको थियो ।

ब्राउनसुगरको कारोबार भइरहेको सूचनाका आधारमा जाँच गर्दा तुलसीपुर–५ बसपार्क निवासी २५ वर्षीय धीरज बुढाथोकीको साथबाट ५४० मिलीग्राम र बबई गाउँपालिका–४ घर भई हाल तुलसीपुर–६ बरुवागाउँमा डेरा गरी बस्दै आएका प्रख्यात शाहको साथबाट २६० मिलीग्राम ब्राउनसुगर बरामद भएको छ ।

प्रकाशित मिति: १०:५० बजे, आइतबार, मंसिर ५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्