वाट्फोर्डसँग युनाइटेडको लज्जास्पद हार, आर्सनलमाथि लिभरपुलकाे जित
काठमाडाैं, मंसिर ५ : म्यान्चेस्टर युनायटेडले आफ्ना खराब प्रदर्शनलाई शनिबार राति पनि निरन्तरता दियो । प्रिमियर लिग अन्तर्गत शनिबार राति भएको खेलमा युनायटेड...
काठमाडाैं, मंसिर ५ : म्यान्चेस्टर युनायटेडले आफ्ना खराब प्रदर्शनलाई शनिबार राति पनि निरन्तरता दियो । प्रिमियर लिग अन्तर्गत शनिबार राति भएको खेलमा युनायटेड रेलिगेसन जोनको वाट्फोर्डसँग ४–१ लज्जास्पद हार बेहोर्न बाध्य भयो।
यो हारसँगै प्रशिक्षक ओले गनर सोल्ससायरको जागिर धरापमा परेको छ। वाटफोर्डविरुद्धको खेल सकिएलगत्तै युनाइटेडको बार्ड मिटिङ बसेको थियो। सम्भवनः सोल्ससाय अब बर्खास्तीमा पर्नेछन्।
वाट्फोर्डको जितमा जोसुआ किङ, इस्माइल सार, जोओ पेड्रो र इमानुएल डेनिसले गोल गरेका थिए। युनाइटेडका डोनी भान डि विकले सान्तवना गोल गरेका थिए।
घरेलु टोलीले खेलको २८ औं मिनेटमा गोल गर्दै सुरूआती अग्रता लिएको थियो। इमानुएल डेनिसको पासमा जोसुआ किङले गोल गर्दै वाट्फोर्डलाई सुरूआती अग्रता दिलाएका थिए। त्यसअघि ११औं मिनेटमा पेनाल्टीमा वाट्फोर्डका सारले गोल गर्न सकेनन् । उनको प्रहार युनाइटेडका किपरले रोकेका थिए।
४४ औं मिनेटमा सारले गोल गर्दै वाट्फोर्डलाई पहिलो हाफमा २–० को अग्रता दिलाए। दोस्रो हाफको सुरूमै क्रिस्टियानो रोनाल्डोको पासमा भान डे विकले हेडरमार्फत गोल गर्दै युनाइटेडलाई खेलमा फर्काउने प्रयास गरे।
तर, ६९ औं मिनेटमा ह्यारी मगाएर दोहोरो पँहेलो कार्ड र्पाएपछि युनाइटेड दाबबमा आयो । त्यसको प्रत्यक्ष फाइदा घरेलु टोलीले इन्जुरी समयमा २ गोल गर्दै युनाइटेडविरुद्ध सानदार जित निकाल्यो। इन्ज्युरी समयमा जोओ पेड्रो र इमानुएल डेनिसले गोल गरेका थिए।
यसैगरी अर्को खेलमा लिभरपुलमाथि आर्सनलमाथि ४–० को जित निकाल्यो । मोहम्मद सलाह, साडियो माने, डिएगो जोटा र मिताकुमी मिनामिनोले गोल गरेका थिए।
साडियो मानेले ३९औं मिनेटमा गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए । दोस्रो हाफमा तीन गोल थप्यो । डिएगो जोटाले ५२औं, मोहम्मद सालाहले ७३औं र ताकुमी मिनामिनोले ७७औं मिनेटमा गोल गरेपछि लिभरपुलले सहज जित हात पारेको हो । योसँगै आर्सनलको १० खेलको अपराजित यात्रा समेत पूर्णविराम लागेको छ।
यो जितसँगै वाट्फोर्ड १२ खेलबाट १३ अंक जोडेर १६औं स्थानमा उक्लिएको छ। पराजित युनाइटेड १७ अंक जोडेर सातौं स्थानमा छ। हारसँगै युनाइटेडले पाँचौ स्थानमा उक्लने अवसरसमेत गुमाएको छ। लिगमा २९ अंकसहित चेल्सी शीर्ष स्थानमा कायमै छ। दोस्रो स्थानमा रहेको लिभरपुलको २५ अंक छ।











