Kathmandu Press

लिग वानमा मेसीले पहिलो गोल गर्दा पिएसजी विजयी

काठमाडाैं, मंसिर ५ : यसै सिजन बार्सिलोना छाड्दै लिग वान क्लब पिएसजी आएका लियोन मेसीले लिग वान पहिलो गोल गरेका छन्। मेसीले लिगमा...
लिग वानमा मेसीले पहिलो गोल गर्दा पिएसजी विजयी

काठमाडाैं, मंसिर ५ : यसै सिजन बार्सिलोना छाड्दै लिग वान क्लब पिएसजी आएका लियोन मेसीले लिग वान पहिलो गोल गरेका छन्। मेसीले लिगमा पहिलो गोल गरेपछि शनिबार राति भएको खेलमा पिएसजीले नान्टसमाथि ३–१को जित निकाल्यो।

मेसीले लिग वानमा ६ खेलपछि पहिलो गोल गरेका हुन्। उनले समग्रमा भने ९ खेलमा ३ गोल गरेका छन्। पिएसजीको जितमा किलियन एम्बाप्पे र मेसीले गोल गरे भने अर्को गोल आत्मघाती भएको थियो।

खेलको दोस्रो मिनेटमै एम्बाप्पेले गोल गर्दै पिएसजीलाई सुरुआती अग्रता दिलाए । उनले लिएन्ड्रो पेरेडेसको पासमा गोल गरेका थिए। पहिलो हाफ १–० मै सकिएयो । ६८औं मिनेटमा पिएसजी १० खेलाडीमा समेटियो। गोलकिपर केलर नाभासले डिबक्स बाहिर नान्टसका खेलाडीलार्य फाउल गरेपछि रेफ्रीले उनलाई सिधै रातो कार्ड देखाए।

७६औं मिनेटमा आरके मुएनीले नान्टसका लागि बराबरी गोल फर्काए। तर ८२औं मिनेटमा नान्टसकै अपिहको आत्मघाती गोलमा पिएसजीले २–१ को अग्रता लियो । त्यसपछि मेसीले ८७औं मिनेटमा एमबाप्पेको पासमा गोल गरेपछि पिएजी विजयी भयो।

जितपछि पिएसजीले शीर्ष स्थानमा १२ अंकको अग्रता बनाएको छ। उसको १४ खेलमा ३७ अंक छ । दोस्रो स्थानको रेनेसको समान खेलबाट २५ अंक छ । नान्टस १८ अंकसहित ११औं स्थानमा छ।

प्रकाशित मिति: ०९:५५ बजे, आइतबार, मंसिर ५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्