Kathmandu Press

सुर्खेतमा बढ्यो खसीको मासुको मूल्य

वीरेन्द्रनगर, मंसिर ५ : सुर्खेतमा खसीको मासुको मूल्य बढेको छ।प्रतिकेजी आठ सयमा किनबेच हुँदै आएको खसीबोकाको मासुको मूल्य बढाएर नौ सय पु¥याइएको सुर्खेत...
सुर्खेतमा बढ्यो खसीको मासुको मूल्य

वीरेन्द्रनगर, मंसिर ५ : सुर्खेतमा खसीको मासुको मूल्य बढेको छ।

प्रतिकेजी आठ सयमा किनबेच हुँदै आएको खसीबोकाको मासुको मूल्य बढाएर नौ सय पु¥याइएको सुर्खेत मासु व्यवसायी सङ्घले जनाएको छ। यो मूल्य आइतबारदेखि लागू हुनेछ।

Hardik ivf

संघका अध्यक्ष टोपेन्द्रजङ्ग शाहीले सुर्खेतबाट नेपालगञ्ज, बुटवल, भैरहवा, पोखरा, काठमाडौंलगायतका ठूला शहरमा खसीबोका निर्यात हुन थालेपछि मूल्य बढाउनुपरेको बताए। मूल्य समायोजनका लागि अब खसीबोकाको मासु प्रतिकेजीमा एक सय बढाइएको उनको भनाइ छ।

किसानले बढी मूल्य पाएपछि जिल्ला बाहिर निर्यात गर्न थालेको र जिउँदो खसीबोका प्रतिकेजी पाँच सय ५० सम्म खरिद गर्नुपरेको वीरेन्द्रनगरका मासु व्यवसायी जनक थापाले बताए।

प्रकाशित मिति: ०७:४४ बजे, आइतबार, मंसिर ५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्