सिंहदरबारभित्रै मृत भेटिए योजना आयोगका कर्मचारी
काठमाडौं, भदौ ३ : सिंहदरबारभित्रै रहेको राष्ट्रिय योजना आयोगको कार्यालय परिसरमा एक जना कर्मचारी मृत भेटिएका छन्।
आज बिहान आयोगकै कर्मचारी बच....

काठमाडौं, भदौ ३ : सिंहदरबारभित्रै रहेको राष्ट्रिय योजना आयोगको कार्यालय परिसरमा एक जना कर्मचारी मृत भेटिएका छन्।
आज बिहान आयोगकै कर्मचारी बच्चु केसी मृत भेटिएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार, उनी आयोगका सुब्बा हुन्।
उनले आत्महत्या गरेको आशंका गरिएको छ। विष सेवन गरेको हुनसक्ने प्रहरीको अनुमान छ।
यससम्बन्धी थप अनुसन्धान भइरहेको जनाएको छ। प्रहरीले उनको शवको मुचुल्का बनाइरहेको छ।
प्रकाशित मिति: १२:४१ बजे, मंगलबार, भदौ ३, २०७६
प्रतिक्रिया दिनुहोस्
थप समाचार

-1784808429.png)