Kathmandu Press

माओवादीको देशैभर वडा नेतृत्व चयन

काठमाडौं, मंसिर ५ : नेकपा (माओवादी केन्द्र) ले देशैभर वडा सम्मेलन सम्पन्न गरेको छ।वडा सम्मेलनमार्फत नयाँ नेतृत्व चयन गरिएको माओवादीले जनाएको छ। वडा...
माओवादीको देशैभर वडा नेतृत्व चयन

काठमाडौं, मंसिर ५ : नेकपा (माओवादी केन्द्र) ले देशैभर वडा सम्मेलन सम्पन्न गरेको छ।

वडा सम्मेलनमार्फत नयाँ नेतृत्व चयन गरिएको माओवादीले जनाएको छ। वडा सम्मेलन उत्साहजनकरूपमा सम्पन्न भएको माओवादीका केन्द्रीय कार्यालय सचिव श्रीराम ढकालले जानकारी दिए।

Hardik ivf

सम्मेलन सम्पन्न भएका वडाको तथ्याङ्क सङ्कलन भइरहेको र आजसम्म त्यसको विवरण सार्वजनिक हुने उनले बताए। उनका अनुसार प्राविधिक कारणका कारण केही वडामा सम्मेलन हुन नसकेको र आज सबै वडामा नयाँ नेतृत्व चयन हुनेछ।

माओवादीले शनिबारका लागि देशरभका ६ हजार सात सय ४३ वडामा सम्मेलन आयोजना गरेको थियो। पछिल्ला समय साङ्गठनिक सुदृढीकरणमा जुटेको माओवादीले यही मंसिर ११ गते स्थानीय तहको सम्मेलन गर्ने तयारी गरेको छ।

यस्तै, यही मंसिर २५ गते प्रदेश सम्मेलन हुनेछ। माओवादीले आगामी पुस ११ देखि १३ गतेसम्म काठमाडौंमा राष्ट्रिय सम्मेलन गर्ने तय गरेको छ।

प्रकाशित मिति: ०७:१३ बजे, आइतबार, मंसिर ५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्