Kathmandu Press

प्रविधिमैत्री शिक्षामा लगानी बढाइने

काठमाडाैं, मंसिर ४ : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले बालबालिकालाई प्रविधिसँग जोड्दै शिक्षा दिनुपर्नेमा जोड दिँदै प्रविधिका क्षेत्रमा सरकार लगानी गर्न तयार...
प्रविधिमैत्री शिक्षामा लगानी बढाइने
Hardik ivf

काठमाडाैं, मंसिर ४ : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले बालबालिकालाई प्रविधिसँग जोड्दै शिक्षा दिनुपर्नेमा जोड दिँदै प्रविधिका क्षेत्रमा सरकार लगानी गर्न तयार रहेको प्रतिबद्धता जनाएका छन्।

सेतो गुराँस राष्ट्रिय बालविकास सेवाको १४औँ साधारणसभा तथा सातौँ केन्द्रीय अधिवेशनमा मन्त्री पौडेलले प्रविधिका क्षेत्रमा देशले फड्को मार्दै गइरहेकाले शिक्षालाई प्रविधिमैत्री बनाउनुपर्ने बताउँदै बालबालिकालाई सक्षम नागरिक बनाउन गैह्रसरकारी क्षेत्रबाट पनि पहल हुनुपर्ने जनाए। मन्त्री पौडेलले दिगो विकासका लक्ष्य हासिल गर्न तथा बालबालिकालाई सक्षम र सबल बनाउन त्यस्ता संस्थासँग मन्त्रालय सहकार्य गर्न तत्पर रहेको पनि बताए।

प्रकाशित मिति: २०:१४ बजे, शनिबार, मंसिर ४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्