Kathmandu Press

नेतृत्वसँग असन्तुष्टि जनाउँदै प्रभु साहले दिए राजीनामा

काठमाडौं, भदौ ३ : शीर्ष नेताहरूसँग असन्तुष्टि जनाउँदै नेकपा प्रदेश २ का अध्यक्ष प्रभु साहले राजीनामा दिएका छन्।

मंगलबार बिहान नेकपा अध्....

नेतृत्वसँग असन्तुष्टि जनाउँदै प्रभु साहले दिए राजीनामा

काठमाडौं, भदौ ३ : शीर्ष नेताहरूसँग असन्तुष्टि जनाउँदै नेकपा प्रदेश २ का अध्यक्ष प्रभु साहले राजीनामा दिएका छन्।

मंगलबार बिहान नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेर साहले राजीनामा बुझाएका हुन्। साहको सचिवालयका अनुसार, उनले प्रदेश २ मा स्वतन्त्रपूर्वक काम गर्न नपाएको भन्दै राजीनामा दिएका हुन्।

शीर्ष नेताले प्रदेश २ मा हस्तक्षेप गरेको उनको आरोप छ। आफू प्रदेश २ को अध्यक्ष भएपनि त्यहाँ हुने पार्टीका गतिविधिबारे जानकारी नदिएको उनको गुनासो छ। उनको राजीनामा स्वीकृत भने भएको छैन।

प्रकाशित मिति: १२:३० बजे, मंगलबार, भदौ ३, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्