Kathmandu Press

ए डिभिजन लिग : च्यासलमाथि थ्री स्टारका सानदार जित

काठमाडाैं, मंसिर ४ : सहिद स्मारक ए डिभिजन लिगमा थ्री स्टार क्लबले सानदार जित निकालेको छ। लिगअन्तर्गत शनिबार भएको ललितपुर डर्बीमा थ्री स्टारले...
ए डिभिजन लिग : च्यासलमाथि थ्री स्टारका सानदार जित

काठमाडाैं, मंसिर ४ : सहिद स्मारक ए डिभिजन लिगमा थ्री स्टार क्लबले सानदार जित निकालेको छ। लिगअन्तर्गत शनिबार भएको ललितपुर डर्बीमा थ्री स्टारले च्यासल युथ क्लबमाथि ३–०को सानदार जित निकालेको हो।

थ्री स्टारलाई सानदार जित दिलाउने क्रममा निशान खड्का, राफायल र अनन्त तामाङले गोल गरेका थिए । थ्री स्टारले पहिलो हाफमा २ र दोस्रो हाफमा १ गोल गरेको थियो।

शनिबार फ्लड लाइटमा दशरथ रंगशालामा भएको खेलमा २१औं मिनेटमा थ्री स्टारले अग्रता लियो । उसका निशान खड्काले गोल गरेका थिए। त्यसको चार मिनेटपछि नै च्यासलले खेललाई बराबरीमा ल्याउन सुनौलो अवसर गुमायो ।

२५औं च्यासलले प्राप्त पेनाल्टीमा गोल गर्न सकेन् । उसका नेपाली मुलका इटालियन खेलाडी विकास मेराग्लिया पेनाल्टीमा गोल गर्न असफल रहे । अनन्त तामाङले विकासलाई डि बक्समा फाउल गरेपछि प्राप्त पेनाल्टीमा विकासको प्रहार थ्री स्टारका किपर प्रिसोले रोकेका थिए।

त्यसपछि पहिलो हाफको अन्तिम मिनेटमा राफायालले अनन्तको पासमा गोल गर्दै थ्री स्टारलाई पहिलो हाफमा २–०को अग्रता दिलाए । त्यसपछि ५८औं मिनेटमा अनन्त तामाङले  गोल गरेपछि खेलमा थ्री स्टार ३–०ले विजयी भयो।

लिगअन्तर्गत आइतबार पनि दुई खेल हुनेछ। पहिलो खेलमा ब्रिगेड बोइज क्लबले र एपीएफको सामाना गर्दा मनाङ मर्स्याङ्दी क्लबले जावलाखेल युथ क्लबको सामाना गर्नेछ।

प्रकाशित मिति: १९:३२ बजे, शनिबार, मंसिर ४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्