जुम्लाको पातारासीमा जीप दुर्घटना, नौ जना घाइते
खलंगा, मंसिर ४ : जुम्लाको पातारासी गाउँपालिकास्थित ल्होर्प–उर्थु सडक खण्डमा आज ३ बजेतिर गाडी दुर्घटना हुँदा नौजना घाइते भएका छन्। सो गाउँपालिकाको डिल्लीचौर लासीबाट...
खलंगा, मंसिर ४ : जुम्लाको पातारासी गाउँपालिकास्थित ल्होर्प–उर्थु सडक खण्डमा आज ३ बजेतिर गाडी दुर्घटना हुँदा नौजना घाइते भएका छन्। सो गाउँपालिकाको डिल्लीचौर लासीबाट सदरमुकाम खलङ्गा बजार आउँदै गरेको जिप दुर्घटना भएको सशस्त्र प्रहरी बल जुम्लाका प्रमुख प्रहरी उपरीक्षक गगन श्रेष्ठले बताए।
घाइते आठजनालाई उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएको सशस्त्र प्रहरी बल जुम्लाका प्रहरी उपरीक्षक श्रेष्ठले बताए। प्रतिष्ठानका अनुसार घाइतेमध्ये दुईजनाको अवस्था गम्भीर रहेको छ। घाइते सबैको प्रतिष्ठानको आकस्मिक उपचार भइरहेको अस्पताल स्रोतले जनाएको छ।
प्रकाशित मिति: १९:२८ बजे, शनिबार, मंसिर ४, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार



-1783061799.jpg)






-1783061799.jpg)

