Kathmandu Press

महामन्त्री कोइराला र नेता सिंहबीच महाधिवेशनबारे छलफल

काठमाडाैं, मंसिर ४ : नेपाली कांग्रेसका महामन्त्री डा शशाङ्क कोइराला र पूर्वमहामन्त्री प्रकाशमान सिंहबीच भेटवार्ता भएको छ।पूर्वमहामन्त्री सिंह निवास चाक्सिबारीमा आज भएको भेटमा...
महामन्त्री कोइराला र नेता सिंहबीच महाधिवेशनबारे छलफल

काठमाडाैं, मंसिर ४ : नेपाली कांग्रेसका महामन्त्री डा शशाङ्क कोइराला र पूर्वमहामन्त्री प्रकाशमान सिंहबीच भेटवार्ता भएको छ।

पूर्वमहामन्त्री सिंह निवास चाक्सिबारीमा आज भएको भेटमा १४औँ महाधिवेशनका बारेमा छलफल भएको हो। महामन्त्री कोइराला र नेता सिंहबीच आगामी महाधिवेशनमा सहकार्य गरेर जाने विषयमा छलफल भएको बताइएको छ।

केही दिन पहिले महामन्त्री कोइरालाले नेता सिंहप्रति लक्षित गरी पार्टीभित्र सिंहको सङ्गठन काठमाडौँमा जस्तो काठमाडौँ बाहिर नरहेको बताएका थिए। महामन्त्री कोइरालाले भेटमा नेता सिंहलाई आफूले अपमान गर्न नखोजेको स्पष्ट पारेका थिए। महाधिवेशन नजिकिएसँगै पछिल्लो समय नेताहरू एकापसमा भेटघाटलाई बाक्लो बनाएका छन्। कांग्रेसको १४औँ महाधिवेशन आगामी मङ्सिर २४ देखि २६ गतेसम्म काठमाडौँमा हुँदैछ।

प्रकाशित मिति: १९:१६ बजे, शनिबार, मंसिर ४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्